default_image

7 years ago

August 8, 2017

रोनाल्डो बेन्चमा सुरुवात गर्दै

म्यासेडोनिया (एजेन्सी) – रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडबीच केहि बेरमै सुरु हुने युएइफा सुपर कपको खेलमा रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले स्टार फरवार्ड क्रिस्तियानो रोनाल्डोलाई पहिलो रोजाईमा राखेका छैनन्। प्रशिक्षक जिदानले प्रि सिजनमा कुनै खेल नखेलेका र केहि दिनमात्र प्रशिक्षणमा रहेकाले रोनाल्डोलाई पहिलो रोजाईमा नउतारेका हुन्। म्याड्रिडको टोलीमा फरवार्डको भूमिका करीम बेन्जेमा र ग्यारेथ बेलले […]

23 views

0 Bookmark

म्यासेडोनिया (एजेन्सी) – रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडबीच केहि बेरमै सुरु हुने युएइफा सुपर कपको खेलमा रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले स्टार फरवार्ड क्रिस्तियानो रोनाल्डोलाई पहिलो रोजाईमा राखेका छैनन्।

प्रशिक्षक जिदानले प्रि सिजनमा कुनै खेल नखेलेका र केहि दिनमात्र प्रशिक्षणमा रहेकाले रोनाल्डोलाई पहिलो रोजाईमा नउतारेका हुन्। म्याड्रिडको टोलीमा फरवार्डको भूमिका करीम बेन्जेमा र ग्यारेथ बेलले निभाउँदै छन्। मिडफिल्डमा क्यसेमिरो र क्रुससँगै मोड्रीच र इस्को रहनेछन्। त्यस्तै डिफेन्समा कर्भाजल र मर्सेलोसँगै भारान र रामोस रहेका छन्। गोलरक्षकमा कलर नाभास रहेका छन्।

पूर्ण टोली:

रियल म्याड्रिड:

नाभास: कर्भाजल, भारान, रामोस, मार्सेलो: क्यसेमिरो, क्रुस, मोड्रीच, इस्को: बेल, बेन्जेमा

म्यानचेस्टर युनाइटेड:

डे हेय: भ्यालेन्सिया, लिन्डेलफ, स्मलीङ, डार्मियान: म्यटिच, हर्रेरा, पोग्बा: मिखीतार्यान, लिंगार्ड, लुकाकु

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.