8 years ago
August 9, 2017
पेरिस (एजेन्सी) – विश्व कीर्तिमानी रकममा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्राजिलियन फरवार्ड नेयमारले आफ्नो नयाँ क्लबमा डेब्यु गर्न अझै केहि समय कुर्नुपर्ने देखिएको छ। स्पेनिस लिगले आवश्यक कागजात फ्रेन्च लिगलाई नपठाउँदा यस्तो समस्या आइपरेको हो।
नेयमार पिएसजी आइपुगेको १ साता बितिसक्दा पनि स्पेनिस लिगले अझैपन्मी उनको अन्तर्राष्ट्रिय स्थानान्तरण प्रमाणपत्र (आइटिसी) उपलब्ध गराएको छैन। फ्रेन्च लिगले उक्त प्रमाण पत्र प्रप्त नगर्दासम्म नेयमारले पिएसजीबाट खेल्न पाउने छैनन्। सामान्यतया ट्रान्सफर पुरा भएको २/३ दिन भित्रै उपलब्ध गराइने प्रमाण पत्र स्पेनिस लिगले जानाजान नपठाएको भन्ने आरोप समर्थकहरुको छ।
नेयमारको ट्रान्सफर हुँदा पनि ला लिगाको अध्यक्षले उक्त रिलिक क्लजको छेक बुझ्न मानेका थिएनन्। अध्यक्ष जाभिएर टेबासले नेयमारका वकिलहरुले दिएको चेक लिन मानेका थिएनन्। स्पेनिस लिगले नेयमारको प्रस्थानपछि स्पेनको लिग फुटबलको लोकप्रियता केहि घट्ने डरले उनको ट्रान्सफर रोक्ने प्रयास गरेका थिए। तर फ्रेन्च लिगले छोटो समयमै प्रेस वक्तव्य जारी गरेपछि ट्रान्सफर भएको थियो।
पिएसजीको पहिलो लिग खेलमा दर्शकदिर्घामा रहेका नेयमारले दोश्रो खेल खेल्नका लागि बिहिबारसम्म उक्त कागजात फ्रेन्च लिगले पाउनुपर्ने प्रावधान रहेको छ। स्पेनिस लिगले भने केहि ढिलाई हुनु सामान्य रहेको बताउँदै आएको छ। यदि स्पेनिस लिगले जानाजान यसो गरेमा पिएसजी र फ्रेन्च लिगले फिफामा उजुरी पनि हाल्न सक्नेछन्।
पिएसजीले लिग वनको दोश्रो खेलमा आइतबार ग्वेनग्याम्पको सामना गर्दैछ। उक्त खेलमा सहभागी भए नेयमारले फ्रान्सेली क्लबका लागि पहिलो खेल खेल्नेछन्। खेल ग्वेनग्याम्पको घरेलु मैदानमा हुनेछ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]