default_image

7 years ago

August 9, 2017

इब्राहिमोभिच फेरी युनाइटेड पुग्ने सम्भावना !

युनाइटेड (एजेन्सी)– ज्लाटान इब्राहिमोभिचलाई पुनः क्लबमा आबद्ध गर्ने विषयमा म्यानचेस्टर युनाइटेडले प्रक्रिया अघि बढाइरहेको सञ्चारकर्मीले बताएका छन् । गार्जियन र स्काई स्पोर्टसका पत्रकार फार्बिजियो रोमानोले इब्राहिमोभिचलाई फर्काउने प्रक्रिया चलिरहेको दाबी गरेका छन् । गत सिजनको समाप्तीसँगै युनाइटेडसँगको इब्राहिमोभिचको सम्झौता सकिएको थियो । अप्रिलमा घुडाँमा चोट लागेपछि उनी मैदान बाहिर छन् । ३५ वर्षे स्वीडिस स्टारले […]

18 views

0 Bookmark

युनाइटेड (एजेन्सी)– ज्लाटान इब्राहिमोभिचलाई पुनः क्लबमा आबद्ध गर्ने विषयमा म्यानचेस्टर युनाइटेडले प्रक्रिया अघि बढाइरहेको सञ्चारकर्मीले बताएका छन् । गार्जियन र स्काई स्पोर्टसका पत्रकार फार्बिजियो रोमानोले इब्राहिमोभिचलाई फर्काउने प्रक्रिया चलिरहेको दाबी गरेका छन् ।

गत सिजनको समाप्तीसँगै युनाइटेडसँगको इब्राहिमोभिचको सम्झौता सकिएको थियो । अप्रिलमा घुडाँमा चोट लागेपछि उनी मैदान बाहिर छन् । ३५ वर्षे स्वीडिस स्टारले अप्रिलको अन्त्यमा सम्झौता नविकरणका लागि क्लबले गरेको प्रस्ताव अस्विकार गरेको बताइएको थियो ।

पछिल्लो केही सातायताको घटनाक्रमले भने इब्राहिमोभिच पुनः युनाइटेडको जर्सीमा देखिन सक्ने अपेक्षा गरिएको छ । युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले पनि इब्राहिमोभिचसँग नयाँ सम्झौता हुन सक्ने बताएका थिए । त्यस्तै टोलीका सदस्य पाउल पोग्बाले सम्झौता सकिएपछि पनि इब्राहिमोभिच अझै पनि नेतृत्व गर्न सक्षम रहेको बताएका थिए ।

एलए ग्यालेक्सी र नयाँ क्लब एलए एफसीले भित्राउन चाहेपनि इब्राहिमोभिचले अझै आफ्नो बारेमा निर्णय गरिसकेका छैनन् । युनाइटेडले इब्राहिमोभिचसँगको सम्झौता टुंगिएसँगै इर्भटनबाट रोमेलु लुकाकुलाई ७५ मिलियन पाउन्डमा भित्राएसकेको छ । सिजनको दोस्रो सत्रका लागि इन्टर मिलान, एसी मिलान, बार्सिलोना र पिएसजीका पूर्व स्टार इब्राहिमोभिच प्रभावकारी हुन सक्ने अनुमान गरिएको छ । फरवार्डमा विकल्प तयार पार्नका लागि पनि उनको सम्झावना बढी रहेको अनुमान गरिएको छ ।

यद्दपी उनी पूर्णरुपमा फिट हुन भने बाँकीे छ । पछिल्ला सातामा सामाजिक सञ्जालमा आएका सामग्रीले उनी फिट हुने क्रममा रहेको र डिसेम्बर सम्म मैदानमा फर्कने अपेक्षा गरिएको छ । उनी अहिले खुला सरुवामा रहेका कारण कुनै पनि समय क्लबमा आबद्ध हुन सक्छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.