default_image

7 years ago

August 10, 2017

नेपाली फुटबल टोली भोली जापान जाँदै, आज विदाई

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय टोली बिहीबार जापान जाने यसअघि नै तय भइसकेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज दिउँसो टोलीको विदाई गर्ने जनाएको छ ।   नेपाली टोलीले जापानमा ५ वटा मैत्रीपूर्ण खेल खेल्ने तय भएको एन्फाले यसअघि नै जानकारी दिइसकेको छ । एसियन […]

68 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय टोली बिहीबार जापान जाने यसअघि नै तय भइसकेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज दिउँसो टोलीको विदाई गर्ने जनाएको छ ।

 

नेपाली टोलीले जापानमा ५ वटा मैत्रीपूर्ण खेल खेल्ने तय भएको एन्फाले यसअघि नै जानकारी दिइसकेको छ । एसियन कप छनोट चरणको खेलका लागि अघिल्लो पटक भन्दा यसपटक बढी संख्यामा नेपाली टोलीले मैत्रीपूर्ण खेल खेल्ने अवसर पाउन लागेको हो । एसियन कप छनोट तेस्रो खेलमा नेपालले भदौंमा घरेलु मैदानमा ताजकिस्तानको सामना गर्दैैछ ।

साउन २९ देखि भदौ ३ गते सम्म नेपालले विश्वविद्यालय, क्लब र उमेर समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने बताइएको छ । नेपालले गाम्बा ओसाका यू २३ सँग खेल्दै जापानको मैत्रीपूर्ण खेलको यात्रा सुरु गर्नेछ । साउन ३२ देखि टोलीले लगातार ३ गते सम्म चार खेल खेल्ने छ । एन्फाका अनुसार नेपालले साउन ३२ मा क्वान्सी ग्वाक्विन विश्वविद्यालय, भदौ १ मा अमिट्सि स्पोर्टस क्लब, भदौ २ मा हनाम विश्वविद्यालय र भदौ ३ गते भिसेल कोबे यू १८ सँग प्रतिस्पर्धा गर्नेछ ।

भदौ २० गते नेपाल र ताजकिस्तानबीच एसियन कप छनोटको खेल काठमाडौंमा हुनेछ । समूह‘एफ’ मा नेपाल १ अंकसहित तेस्रो र अंक विहिन ताजकिस्तान अन्तिममा छ । ताजकिस्तानसँगको खेलका लागि नेपाली टोलीको तयारी साउनको पहिलो साताबाटै सुरु भएको थियो ।

अघिल्ला दुई मध्ये एक खेल बराबरी र अर्कोमा हार बेहोरेको नेपाल समूह एफको तेस्रो स्थानमा छ ।नेपालको १ अंक छ । ६ अंकसहित फिलिपिन्स शीर्षस्थानमा, ४ अंकसहति यमन दोस्रो स्थानमा छ । ताजकिस्तान अंक बिहिन छ । फिलिपिन्ससँग चैतमा उसकै मैदानमा ४–१ को हार बेहोरेको नेपालले घरेलु मैदानमा यमनसँग १–१ को बराबरी खेलेको थियो । फिलिपिन्ससँग खेल्नुअघि कुनै मैत्रीपूर्ण खेल नखेलेको नेपालले यमनसँग अघि भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

 

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.