default_image

8 years ago

August 10, 2017

बार्सिलोनाले डेम्बेलेलाई भित्र्याउन १ सय ५० मिलियन तिर्नुपर्ने

141 views

0 Bookmark

डर्टमुण्ड (एजेन्सी) – जर्मन क्लब बोरुसिया डर्टमुण्डले फ्रान्सेली युवा फरवार्ड ओस्मान डेम्बेलेलाई कुनै क्लबले खरिद गर्न चाहे १ सय ५० मिलियन युरो तिर्नुपर्ने जनाएको छ। स्पेनिस क्लब बार्सिलोनाले नेयमारको प्रस्थानपछि उनलाई भित्र्याउने क्लबको मुख्य लक्ष्य रहेको बुझिएको छ।

नेयमार विश्व कीर्तिमानी रकम गएपछि उक्त रकमको सदुपयोग गर्दै रिक्त रहेको स्थानको पदपूर्ति गर्न बार्सिलोनालाई ठुलो दबाब रहेको छ। जर्मनीका मिडियाका अनुसार डेम्बेले आफु बार्सिलोना जान इच्छुक भएतापनि क्लबले उनलाई कुनै हालतमा नबेच्ने जनाएको छ। नयाँ प्रशिक्षकसँगै डर्टमुण्डले यस सिजन नयाँ सुरुवात लिएकाले हाललाई कुनै खेलाडी नबेच्ने बताउँदै आएको हो।

गत सिजन मात्र जर्मनी छिरेका डेम्बेलेले डर्टमुण्डका लागि ४९ खेलमा १० गोल गरेका थिए। उनलाई भित्र्याउन डर्टमुण्डले अन्य ठुला युरोपियन क्लबलाई पछि पारेको थियो। डेम्बेलेलाई १३ मिलियन पाउण्ड तिरेको डर्टमुण्डले गत सिजन डीएफबी पोकाल कप जितेको थियो।

सन् २०१५को नोभेम्बरमा रेन्नेसको सिनियर टोलीका लागि डेब्यु गरेका डेम्बेलेले त्यस सिजन २७ खेलमा १२ गोल गरेपछि ठुला क्लबको ध्यान खिचेका थिए। उनले त्यस सिजन फ्रान्सको लिग वनको उत्कृष्ट युवा खेलाडीको उपाधि पनि जितेका थिए।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.