default_image

8 years ago

August 10, 2017

बाप्पे पिएसजी जाने सम्भावना बढ्यो

106 views

0 Bookmark

पेरिस (एजेन्सी)– नेयमारलाई विश्व कीर्तिमानी रकममा भित्राइसकेको फेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अर्का स्ट्राइकरलाई ल्याउने तयारीमा जुटेको छ । पिएसजीले फ्रान्सेली सनसनी केलियन बाप्पेलाई मोनाकोबाट किन्ने प्रयास सुरु गरिसकेको बताइएको छ । बार्सिलोनाबाट नेयमार ल्याउन पिएसजीले १ सय ९८ मिलियन पाउन्ड खर्चेको थियो ।

मोनाकोका स्टार केलियन बाप्पे

गत सिजन सोचे अनुरुपको सफलता हात पार्न नसकेपछि पिएसजी यो सिजन आक्रमक रुपमा प्रस्तुत हुने तयारीमा देखिएको छ । पिएसजीअघि लिभरपुल, आर्सनल, म्यानचेस्टर सिटी, बार्सिलोना, रियल म्याड्रिडले पनि बाप्पेमाथि चासो देखाएका थिए । तर, बाप्पे फ्रान्समै बस्ने सम्भावना बढेर गएको बताइएको छ ।

पिएसजीले १ सय ६२ मिलियन पाउन्डमा बाप्पले लिन सक्ने बताइएको छ । प्रि सिजनका दौरान पिएसजीका प्रशिक्षक युनिया इमिरी र बाप्पेका एजेन्ट जर्ज मेन्डिसबीच भेट भएको बताइएको छ ।

कतारी मालिक रहेको पिएसजीले यदि बाप्पेसँगको सम्झौता सफल भएको खण्डमा तीन स्ट्राइकर नेयमार, काभानी र बाप्पेका लागि ४ सय ५० युरो भन्दा बढी खर्चनेछ । यसैबीच, सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पनि बाप्पेलाई भित्राउन हरसम्भव प्रयास गरिरहेको बताइएको छ । रियलले पनि उनीमाथिको चासो हटाइसकेको छैन ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.