8 years ago
August 10, 2017
काठमाडौं(हाम्रो खेलकुद ) – एएफसी एसियन कपको छनोट चरणको तयारीमा रहेको नेपाल थप तयारी र अभ्यासका लागि शुक्रबार जापान प्रस्थान गर्दैछ । जापान जाने नेपाली टोलीलाई नेपालका लागि जापानी राजदुत मासासी ओगावा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र अखिल नेपाल फुटबल संघ(एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले बिहिबार एक कार्यक्रमका बीच विदाई गरे ।

विदाई कार्यक्रममा बोल्दै नेपालका लागि जापानी राजदुत मासासी ओगावाले जाइकाको विभिन्न कार्यक्रम अन्र्तगत नेपाली राष्ट्रिय फुटबल टिमले जापानमा अभ्यास खेल र अभ्यासको लागि अवसर पाएको बताए । राजदुत मासासीले खेलमा हार जित स्वभाविक भएको बताउदै जापानको विभिन्न टोलीलाई जितेर आउन शुभकामना दिए । यस्तै राजदुत मासासीले जापानमा १० दिन सम्म सिकेको ज्ञानलाई एएफसी एसियन कप छनोट अन्र्तगत ताजिकिस्तानविरुद्ध उत्कृष्ट खेल खेल्दै जित्न शुभकामना व्यक्त गरे ।
राखेपका सदस्य–सचिव केशव कुमार विष्टले नेपालका लागि जापानी प्रशिक्षक ग्योतोकु कोजीले विगत १७ महिनादेखि नेपाली राष्ट्रिय फुटबल टिमलाई निखार्दै आएको बताउदै जापान भ्रमणलाई थप फलदायी बनाउन आग्रह गरे । सदस्य–सचिव विष्टले जापानको अभ्यास र प्रशिक्षणले खेलाडीहरुमा मनोवल, क्षमता र अनुभवमा निखारता अझै आओस भन्ने शुभकामना व्यक्त गरे ।
एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले सन् २०१६ नेपाली फुटबलमा स्वर्णिम वर्ष रहेको स्मरण गर्दै नेपालको एएफसी एसियन कपको दोस्रो चरणको यात्रा अझै बाँकी रहेको बताए । अध्यक्ष श्रेष्ठले जापानको १० दिने अभ्यास र प्रशिक्षणले ताजिकिस्तानविरुद्धको खेलमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यस्तै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक ग्योतोकी कोजीले आफु नेपाली टिमको प्रशिक्षक भएलगत्तै नेपाली टिमलाई जापानमा अभ्यास र प्रशिक्षणबारे जापान फुटबल फेडेरेसनसँग गरेको कुरा आज पुरा भएको बताए । ‘प्रशिक्षक भए लगत्तै आफ्नै देशमा प्रशिक्षणमा लैजाने योजना बुनेको थिए । आज त्यो पुरा भएको छ ।’ प्रशिक्षक कोजीले भने, ‘मेरा खेलाडीहरुले जापानमा १० दिनसम्म रहँदा पाँच अभ्यास खेल र जापनिज लिग (जे लिग) को प्रशिक्षण र लिगका खेलको अवलोकन गर्नुका साथै प्रशिक्षण पनि गर्नेछ ।’ यस्तै प्रशिक्षक कोजीले जापानको प्रशिक्षण र अभ्यास दौरान सिकेका ज्ञान भदौं २० गते घरेलु मैदानमै हुने ताजिकिस्तानविरुद्धको खेलमा देखाउने बताए ।
राष्ट्रिय टिमका कप्तान अनिल गुरुङले जापानको मैत्रीपूर्ण खेल र अभ्यासले टिमलाई फाइदा पुग्ने विश्वास लिए । उनले कुनैपनि प्रतियोगिता हुनुभन्दा अघि यस्तै मैत्रीपूर्ण खेल र अभ्यास गर्ने मौका पाए टिमले राम्रो नजिता दिन सक्ने समेत बताए । ‘अघिल्लो मैत्रीपूर्ण खेलमा नेपाल दक्षिण एसियाली स्तरका राष्ट्र र अरेबियन मुलुकका केही देशहरुसँग खेल्ने मौका पाएको थियो । अहिले जापानजस्तो राष्ट्रमा प्रशिक्षण र क्लबहरुसँग मैत्रीपूर्ण खेल खेल्ने मौका पाएका छौं ।’ कप्तान अनिलले भने, ‘यसले टिमको प्रदर्शनमा पक्कै पनि सुधार ल्याउनेछ ।’ नेपाली राष्ट्रिय टिमले जापानमा १० दिनसम्म रहँदा पाँच अभ्यास खेल र जापनिज लिग (जे लिग) को प्रशिक्षण र लिगका खेलको अवलोकन गर्नुका साथै प्रशिक्षण पनि गर्नेछ ।
नेपालले साउन २९ देखि भदौ ३ गते सम्म विश्वविद्यालय, क्लब र उमेर समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने बताइएको छ । नेपालले गाम्बा ओसाका यू–२३ सँग खेल्दै जापानको मैत्रीपूर्ण खेलको यात्रा सुरु गर्नेछ । साउन ३२ देखि टोलीले लगातार ३ गते सम्म चार खेल खेल्ने छ । एन्फाका अनुसार नेपालले साउन ३२ मा क्वान्सी ग्वाक्विन विश्वविद्यालय, भदौ १ मा अमिट्सि स्पोर्टस क्लब, भदौ २ मा हनाम विश्वविद्यालय र भदौ ३ गते भिसेल कोबे यू १८ सँग प्रतिस्पर्धा गर्नेछ ।
भदौ २० गते नेपाल र ताजकिस्तानबीच एसियन कप छनोटको खेल काठमाडौंमा हुनेछ । समूह ‘एफ’ मा नेपाल १ अंकसहित तेस्रो र अंक विहिन ताजकिस्तान अन्तिममा छ । अघिल्ला दुई मध्ये एक खेल बराबरी र अर्कोमा हार बेहोरेको नेपाल समूह एफको तेस्रो स्थानमा छ । ६ अंकसहित फिलिपिन्स शीर्षस्थानमा छ भने ४ अंकसहति यमन दोस्रो स्थानमा छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]