default_image

8 years ago

August 11, 2017

‘नेयमार ब्यालोन डि’आर को दावेदार’ – प्रशिक्षक टिटे

104 views

0 Bookmark

ब्राजिल (एजेन्सी) – ब्राजिलियन राष्ट्रिय टोलीका प्रशिक्षक टिटेले फरवार्ड नेयमार यस वर्षको ब्यालोन डि’आर उपाधिको बलियो दावेदार रहेको बताएका छन्। बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन पुगेका नेयमारले आउने दिनमा अझै राम्रो प्रदर्शन गर्ने पनि उनले बताए।

पछिल्लो समयमा ब्यालोन डि’आरमा एकक्षत्र राज गरिरहेका लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँगै नेयमार पनि उपाधिको दावेदार रहेको टिटेले बताए। ‘यस पटक उपाधिका लागि मेस्सी र रोनाल्डोसँग नेयमार पनि रहनेछन्। नेयमार यी दुई खेलाडी भन्दा फरक युगका खेलाडी हुन् र उनले यी दुवैको स्थानमा पुग्ने क्षमता राख्दछन्।’

प्रशिक्षक टिटेले पिएसजी पुगेपछि नेयमारको प्रदर्शन अझै राम्रो हुने विश्वास दिलाए। ‘ नेयमार पेरिसमा गएर अझै खुलेर खेल्नेछन्। उनले मेस्सीसँग खेल्नुपर्ने छैन र त्यसले उनको आफ्नो प्रदर्शनमा सहयोग पुग्नेछ। उनले नयाँ चुनौतीको सामना गर्न नयाँ क्लब रोजेका हुन् र उनको क्षमताले उनलाई सफलता दिलाउनेछ।’

टिटेका अनुसार बार्सिलोना र पिएसजीको खोल्ने शैली केहि मेल खाने भएकाले नेयमारलाई केहि सहज हुने अभिव्यक्ति दिए। ‘पिएसजी र बार्सिलोना दुवैले ४-३-३को पद्दतिमै खेल्दै आएका छन्। आक्रमणमा पनि एक्ला फरवार्डलाई विङ्गरहरुले साथ दिने हो। नेयमारले यहाँ थप स्वतन्त्र भएर खेल्न सक्छन्। उनले आफुसँगै साथमा खेल्ने खेलाडीहरुको सुधारमा पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नेछन्।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.