8 years ago
August 11, 2017
लन्डन (एजेन्सी) – इङ्गलिस प्रिमियर लिग सिजन २०१७/१८को पहिलो खेलमा शुक्रबार आर्सनल र लेस्टर भिड्दैछन्। आर्सनलको घरेलु मैदानमा हुने खेलमा स्टार खेलाडी एलेक्सिस स्यान्चेज र मेसुट ओजिल भने उपस्थित हुने छैनन्।
स्यान्चेज र ओजिल दुवै खेलाडी चोटका कारण विश्राममा छन्। गत साता भएको कम्यूनिटी सिल्डको खेलमा पनि दुवै खेलाडी दर्शकदिर्धामा रहेका थिए। आर्सनलले उक्त खेल पेनाल्टी सुटआउटमा जितेको थियो र त्यसै जितको सिलसिलालाई यस खेलमा पनि निरन्तरता दिने सुरमा हुनेछ। आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले यस सिजन प्रिमियर लिगकै उत्कृष्ट सिजन हुने दाबी गरे। उनले यसपटक ७ क्लबले उपाधि जित्ने दावेदारी प्रस्तुत गर्ने बताए। गत सिजन शीर्ष ४ मा रहेका क्लबसँगै आर्सनल, म्यानचेस्टर युनाइटेड र एभर्टन उपाधिको लागि सक्षम रहेको बताए।
यता लेस्टरले ट्रान्सफर विन्डोमा ३ खेलिद भित्र्याएर आफ्नो टोलीलाई थप मजबुत पारेको छ। फरवार्ड केलेची इहेनाचो, डिफेन्डर ह्यारी मगाएर र मिडफिल्डर भिसेन्टे इबोर्राको आगमनसँगै टोली थप मजबुत भएको छ। तीनै खेलाडीले आर्सनल विरुद्धको खेलमा खेल्ने अपेक्षा गरिएको छ। इहेनाचो भने पछिल्लो खेलमा घाइते भएकाले पुरा ९० मिनेट खेल्न सक्नेमा शंका छ।
यता आर्सनलली यसी ट्रान्सफरमा भित्र्याएका फरवार्ड एल्क्जेन्दर लाकाजेट र डिफेन्डर सियाद कोलासिनाच पनि टोलीमा रहनेछन्। लाकाजेटले प्रि सिजनमा राम्रो प्रदर्शन गरेका छन् भने कोलासिनाचले गत साताको कम्युनिटी सिल्डमा बराबरी गोल गरेका थिए। वेंगरले यस पटक टोलीको प्रि सिजन राम्रो रहेकाले सुरुवात पनि त्यस्तै रहने विश्वास व्यक्त गरे।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]