8 years ago
August 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अगस्ट महिनाका लागि सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ६९ औं स्थानमा छ । अघिल्लो महिना नेपाल १ सय ७० औं स्थानमा थियो ।
जुन महिनामा नेपालले एसियन कप छनोटअन्तर्गत यमनसँग हलचोकमा गोलरहित बराबरी खेलेको थियो भने भारतसँगको मैत्रीपूर्ण खेल २–० ले गुमाएको थियो । त्यसयता नेपालले कुनै प्रतिस्पर्धात्मक खेल खेलेको छैन । एसियन कप छनोटअन्तर्गत अर्को महिना ताजकिस्तानसँग हुने खेलको तयारीका लागि नेपाली टोली आज जापान जाँदैछ ।
फिफाको वेभसाइटका अनुसार ९७ औंमा रहेको भारत दक्षिण एसियाली राष्ट्रमा शीर्षस्थानमा यथावत छ । भारत यसपटक एक स्थान तल झरेको छ । १ सय ४२ औं फिफा वरियतामा रहेको माल्दिभ्स दक्षिण एसियाली राष्ट्रमध्ये दोस्रोमा छ । त्यस्तै भुटान १ सय ६५ औं तथा नेपाल भन्दा पछि बंगालादेश १ सय ८९ औं, श्रीलंका १ सय ९७ औं र पाकिस्तान २ सयौं स्थानमा छ ।
ब्राजिल फिफा वरियताको शीर्षस्थानमा उक्लेको छ । जर्मनी दोस्रो स्थानमा झरेको छ भने अर्जेन्टिना तेस्रो, स्विट्जरल्यान्ड चौथो, पोल्यान्ड पाँचौं स्थानमा छ । पोर्चुगल, चिली, कोलम्बिया, बेल्जियम र फ्रान्स क्रमश ः छैटौंदेखि दसौं स्थानमा छन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]