default_image

8 years ago

August 11, 2017

डिबालाले युभेन्टसको ऐतिहासिक १० नम्बर लगाउने

112 views

0 Bookmark

टुरिन (एजेन्सी) – इटालियन क्लब युभेन्टसका अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबालाले क्लबको ऐतिहासिक १० नम्बर अंकित जर्सी लगाउने भएका छन्। युभेन्टसका लागि दिग्गज खेलाडीहरुले यो जर्सी लगाउँदै आएका यस जर्सी क्लंले उनलाई सुम्पेको हो।

यसअघिका सिजनमा २१ नम्बर जर्सीमा देखिएका डिबालाले यस पटक १० नम्बर जर्सी लगाउने क्लबले पक्का गरेको हो। पछिल्लो पटक मिडफिल्डर पल पोग्बाले यस जर्सी लगाएका थिए। विगतमा क्लबका लागि लामो समय खेलेका खेलाडी एलेसान्द्रो डेल पिएरो, रोबर्टो बाजीयो लगायतका खेलाडीले पनि यो जर्सी प्रयोग गरेका थिए। अर्जेन्टिनाका लागि लिओनेल मेस्सी, डिएगो म्याराडोना लगायतका मुख्य खेलाडीले पनि यहि जर्सी पहिरिने गरेका छन्।

२३ वर्षीय फरवार्ड डिबालाले गत सिजन ४८ खेलमा १९ गोल गरेका थिए। उनको प्रदर्शनमा युभेन्टसले कीर्तिमानी लगातार छैटौं पटक इटालियन लिगको उपाधि जितेको थियो। उनको प्रदर्शनबाट प्रभावित भएर विभिन्न युरोपेली महारथी क्लबले उनलाई भित्र्याउन प्रस्ताव तयारी गरिरहेका छन्। तर युभेन्टसले भने उनलाई १० नम्बर जर्सी दिएर उनको टोलीमा धेरै महत्त्व रहेको र कतै नजाने संकेत दिन खोजेको छ।

युभेन्टसले आगामी दिनमा डिबालाकै ओरपर रहेर टोली विस्तार गर्ने निर्णय लिएको छ। युवा अवस्थाका डिबालाले आफुलाई टोलीका महत्त्वपूर्ण खेलाडीका रुपमा स्थापित गरिसकेका छन्। युभेन्टस गत सिजन च्याम्पियन्स लिगको फाइनलमा पराजित भएको थियो र यस सिजन त्यसलाई सुधार्ने क्लबको मुख्य लक्ष्य हुनेछ। यसका लागि क्लबले ट्रान्सफर विन्डोमा पनि मिहेनत गरिरहेको छ।

 

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.