8 years ago
August 11, 2017
पेरिस (एजेन्सी) – विश्व कीर्तिमानी रकममा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका फरवार्ड नेयमारले आइतबार हुने ग्वेनगाम्पविरुद्धको लिग खेलमा क्लबका लागि डेब्यु गर्ने भएका छन्। गत साता पिएसजी आइपुगेपनि स्पेनिस लिगले ट्रान्सफरको प्रमाण पत्र उपलब्ध नगराएपछि उनले पहिलो खेलमा डेब्यु गर्न पाएका थिएनन्।
२५ वर्षे ब्राजिलियन फरवार्ड बार्सिलोनाबाट कीर्तिमानी २ सय २२ मिलियनमा फ्रान्सेली लिग आइपुगेका हुन्। पहिलो खेल दर्शक दिर्घामा बसेर हेरेका उनले पिएसजीको दोश्रो लिग खेलमा डेब्यु गर्ने पक्का भएको छ। अवे मैदानमा ग्वेनगाम्पविरुद्ध हुने खेलमा नेयमारले डेब्यु गर्नेछन्। स्पेनिस लिगले समयमै अन्तर्राष्ट्रिय स्थानान्तरणको प्रमाण पत्र (आइटिसी) उपलब्ध गराएपछि उनले आउने खेलमा सहभागी हुन पाएका हुन्।
नेयमार पिएसजी आइपुगेको डेढ साता पछिमात्र स्पेनिस लिगले उनको अन्तर्राष्ट्रिय स्थानान्तरण प्रमाणपत्र (आइटिसी) उपलब्ध गराएको हो। फ्रेन्च लिगले उक्त प्रमाण पत्र प्राप्त नगर्दासम्म नेयमारले पिएसजीबाट खेल्न पाएका थिएनन्। सामान्यतया ट्रान्सफर पुरा भएको २/३ दिन भित्रै उपलब्ध गराइने प्रमाण पत्र स्पेनिस लिगले जानाजान नपठाएको भन्ने आरोप समर्थकहरुको थियो।
नेयमारको ट्रान्सफर हुँदा पनि ला लिगाको अध्यक्षले उक्त रिलिक क्लजको चेक बुझ्न मानेका थिएनन्। त्यसबेला अध्यक्ष जाभिएर टेबासले नेयमारका वकिलहरुले दिएको चेक लिन मानेका थिएनन्। स्पेनिस लिगले नेयमारको प्रस्थानपछि स्पेनको लिग फुटबलको लोकप्रियता केहि घट्ने डरले उनको ट्रान्सफर रोक्ने प्रयास गरेका थिए। तर फ्रेन्च लिगले छोटो समयमै प्रेस वक्तव्य जारी गरेपछि ट्रान्सफर भएको थियो। फ्रान्सेली लिगले आइटिसी उपलब्ध नगराए फिफामा पुग्ने भनेपछि स्पेनिस लिगले उक्त प्रमाण पत्र जारी गरेको फ्रान्सेली मिडियाले जानकारी दिएका छन्।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]