8 years ago
August 12, 2017
लन्डन (एजेन्सी)– लिभरपुल मिडफिल्डर फिलिप कौटिन्होले सरुवाका लागि क्लबसँग लिखित रुपमा माग गरेका छन्। कौटिन्हो बिक्रीमा नरहेको प्रिमियर लिग क्लबले प्रेस विज्ञप्ती जारी गरेको एक घन्टा पछि नै शुक्रबार उनले क्लबसँग इमेलमार्फत सुरुवाको लागि अनुरोध गरेको स्काइ स्पोर्टसले जनाएको छ। तर क्लबले उनको अनुरोधलाई अस्वीकार गरेको बताइएको छ।
ब्राजिलियन मिडफिल्डरका लागि बार्सिलोनाले राखेको एक सय मिलियन युरोको प्रस्तावलाई लिभरपुलले बुधबार अस्वीकार गरेको थियो । चोटका कारण २५ बर्षे खेलाडी शनिबार वाटफर्ड सँगको खेलमा उपलब्ध हुने छैनन् । क्लबका मालिकहरुले शुक्रबार प्रेस विज्ञप्तीमार्फत कौटिन्होका लागि कुनै पनि प्रस्ताव स्वीकार नगर्ने जनाएका थिए ।
क्लबका प्रशिक्षक योर्गन क्लपले ब्राजिलियन मिडफिल्डरले चोटका कारण सिजनको सुरुआतका खेल गुमाउने बताएका थिए । अघिल्लो शुक्रबारदेखि अभ्यासमा नरहेका कौटिन्होले मंगलबार होफेहिमसँग हुने च्याम्पियन्स लिग प्ले अफको पहिलो लेग पनि गुमाउने सम्भावना छ ।जनवरीमा पाँच बर्षे नयाँ सम्झौता गरेका काउटिन्होले पछिल्लो सिजन सबै प्रतियोगितामा १४ गोल गरेका थिए । उनी सन् २०१३ मा ८.५ मिलियन पाउन्डमा लिभरपुल पुगेका थिए ।
बार्सिलोनाले २० बर्षे फरवार्ड ओसमाने डेम्बेलेका लागि राखेको प्रस्तावलाई बोरुसिया डर्टमन्डले अस्वीकार गरेको थियो । टोलीका मुख्य खेलाडीमध्येका एक नेयमारलाई विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेनलाई बेचेपछि बार्सिलोना खेलाडी भित्राउने तयारीमा जुटेको छ ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]