8 years ago
August 12, 2017
लण्डन (एजेन्सी) – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको पहिलो खेलमा आर्सनलले लेस्टरलाई ४-३ले पराजित गरेको छ। २ पटक पछाडी परेको स्थितिलाई उल्टाउँदै आर्सनलले ३ महत्त्वपूर्ण अंक जोडेको हो।
एमिरेट्स स्टेडियममा भएको खेलमा सुरुवाती अग्रता घरेलु टोली आर्सनलले लिएको थियो। यसै ट्रान्सफर विन्डोमा क्लब आएका फ्रान्सेली फरवार्ड एलेक्जेन्डर लाकाजेटले दोश्रो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। उनले मोहमद एल्नेनीको क्रसमा हेडरमार्फत गोल गरेका थिए। तर, त्यसको ३ मिनेट नबित्दै लेस्टरका लागि सिन्जी ओकाजाकीले बराबरी गोल फर्काए। मगाएरले हेडरमार्फत दिएको पासमा ओकाजाकीले पनि हेडरबाटै गोल गरेका थिए।
त्यसपछि केहि आक्रमक देखिएको लेस्टरले जेमी भार्डिको गोलमा अग्रता लियो। २९औं मिनेटमा मार्क अलब्राइटनको क्रसलाई सदुपयोग गर्दै उनले पाहुना टोलीलाई अग्रता दिलाए। तर, पहिलो हाफको इन्ज्युरी समयको अन्त्यमा ड्यानी वेलबेकले आर्सनललाई खेलमा फर्काए। उनले भर्खरै क्लबमा आएका सियाड कोलासिनाचको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। डिफेन्सको गल्तिको फाइदा उठाउँदै उनले खाली पोष्टमा गोल गरेका थिए।
दोश्रो हाफको ५६औं मिनेटमा रियाद माहरेजको कर्नरमा भार्डीले हेडर मार्फत गोल गरेपछि लेस्टरले दोश्रोपटक अग्रता लियो। तर, ३ मिनेटको अन्तरमा २ गोल गरेपछि आर्सनलले पुन: खेलमा अग्रता लियो। ८३औं मिनेटमा ग्रानिट झाकाको उत्कृष्ट पासमा आरोन राम्जीले गोल गर्दै खेल ३-३को स्थितिमा ल्याए। त्यसको २ मिनेटमै झाकाकै पासमा ओलिभिएर जिरुडले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। जिरुडले झाकाको कर्नरमा हेडर मार्फत गोल गरेका थिए।
खेलमा थप गोल हुन नसकेपछि घरेलु टोली आर्सनलले सिजनको पहिलो खेलमै ३ अंक जोड्न सफल रह्यो। मुख्य खेलाडी एलेक्सीस स्यान्चेज चोटका कारण खेलेका थिएनन्। च्याम्पियन्स लिगमा छनोट हुन नसकेको आर्सनल यसपटक भने शीर्ष ४मा अटाउने लक्ष्य राखेको छ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]