default_image

7 years ago

August 12, 2017

खेलाडी छँदै प्रशिक्षक बन्नुपर्ने नियति

सुबास हुमागाईं पोखरा – ‘हाम्रो टोलीको मिडफिल्डमा प्रत्यक खेलअघि को खेलाउने भन्ने छान्न मलाई निकै कठिन हुन्छ। हाम्रो बेन्च र पहिलो रोजाईमा पर्ने मिडफिल्ड उस्तै छ।’, वि.सं. २०६९ सालको ‘ए’ डिभिजन लिगको अन्तिम खेलअघि त्यसबेलाका थ्री स्टार क्लबका प्रशिक्षक प्रदिप हुमागाईंले यस्तो अभिव्यक्ति दिएका थिए। त्यस समय थ्री स्टार क्लबका मिडफिल्डर विक्रम लामा आर्मीविरुद्धको अन्तिम […]

23 views

0 Bookmark

सुबास हुमागाईं

पोखरा – ‘हाम्रो टोलीको मिडफिल्डमा प्रत्यक खेलअघि को खेलाउने भन्ने छान्न मलाई निकै कठिन हुन्छ। हाम्रो बेन्च र पहिलो रोजाईमा पर्ने मिडफिल्ड उस्तै छ।’, वि.सं. २०६९ सालको ‘ए’ डिभिजन लिगको अन्तिम खेलअघि त्यसबेलाका थ्री स्टार क्लबका प्रशिक्षक प्रदिप हुमागाईंले यस्तो अभिव्यक्ति दिएका थिए। त्यस समय थ्री स्टार क्लबका मिडफिल्डर विक्रम लामा आर्मीविरुद्धको अन्तिम खेलका लागि प्रतिबन्धित भएपछि उनले बेन्चमा रहेका मिडफिल्डर विष्णु गुरुङलाई इंगित गर्दै यस्तो अभिव्यक्ति दिएका थिए। आफ्नो व्यवसायिक फुटबल जीवनको पुरा समय थ्री स्टार क्लबलाई सुम्पेका गुरुङको करियरलाई सारांशमा भन्न त्यहि पंक्ति काफी हुन्छ। खेलाडी बनेर आफ्नो उच्च फर्ममा खेलिरहने उमेरमा अहिले उनलाई नियतिले प्रशिक्षणको जिम्मेवारी सुम्पेको छ।

वि.सं. २०६३मा थ्री स्टारक्लबमा आबद्ध भएका विष्णुले पहिलो सिजनमा निकै कम अवसर पाए। पहिलो पटक ‘ए’ डिभिजन क्लबमा आएका उनले त्यस समय धेरै कुरा सिके। तर त्यसपछि नेपाली फुटबल ठप्प भयो र युवा अवस्थाका विष्णु फुटबल नहुने वातावरण भएपछि रोजगारीका लागि खाडी मुलुक इराकतर्फ लागे। त्यहाँ रहेर काम गरेको २ वर्ष पुग्दै गर्दा उनले नेपालमा फेरी फुटबल फर्किंदै छ भन्ने थाहा पाए। इराकमा राम्रो ठाउँमा जागी पाएका उनलाई फुटबल भनेपछि त्यहाँ बसिरहने मन नै रहेन र उनि फेरी फुटबल भन्दै नेपाल फर्किए।

२०६६ सालको लिगमा उनि फेरी थ्री स्टारको टोलीमा आबद्ध भए। पुलिसले एकक्षत्र राज गरिरहेको अवस्थामा थ्री स्टारले दोश्रो स्थानमा चित्त बुझायो। त्यसपछिको सिजन टोलीको प्रदर्शन केहि खस्कियो र टोलीको अन्तिममा चौथो स्थानमा झर्यो। त्यसपछि ६९ सालको लिगमा भने टोलीले लिग उपाधि जित्न सफल रह्यो। थ्री स्टारमा रहेर उनले नेपालको घरेलु प्रतियोगिताहरुसँगै विदेशमा भएका खेलहरुमा पनि भाग लिएका छन्। तर उनले पहिलो रोजाइमा खेल्ने मौका भने एकदम कम पाएका छन्। प्रशिक्षकको योजनामा सधैं उनि १२औं खेलाडीको रुपमा देखिंदै आएका छन्।

लामो समयदेखि थ्री स्टारमा आबद्ध रहेका विष्णु हाल क्लबमा रहेका सबैभन्दा पुराना खेलाडी हुन्। तर, विगत १ वर्षयता एन्फासँगको असमझदारीले गर्दा क्लबले कुनैपनि प्रतियोगितामा सहभागिता जनाएको छैन। यस्तो अवस्थामा भने उनले मोफसलका प्रतियोगिताहरुमा घरेलु क्लब साहाराबाट केहि प्रतियोगिता खेले।

साहारा क्लबबाट खेल्दै विष्णु गुरुङ

एन्फाले औपचारिक रुपमा ‘ए’ डिभिजन लिग आयोजना नगरेको लामो समय भइसकेको छ। मोफसलका केहि प्रतियोगितामा निर्भर नेपाली खेलाडीहरुको समूहमा उनि पनि सामेल छन्। तर, यसबीचमा उनले भविष्यमा पनि खेलसँगै रहन प्रशिक्षक बन्ने बाटो खनेका छन्। गतवर्ष एएफसी अन्तर्गत आयोजना भएको एएफसी ‘सी’ कोचिङ सर्टिफिकेट कोर्षमा विष्णुले उत्कृष्ट नतिजा ल्याए। लगत्तै उनले ललित स्मृति यू-१८ फुटबल प्रतियोगितामा थ्री स्टार क्लबको टोलीलाई प्रशिक्षण पनि दिए। प्रतियोगितामा राम्रो नतिजा ल्याउन नसकेपनि उनको प्रशिक्षणमा रहेका २ खेलाडीलाई प्रशिक्षक मेघराज केसीले सिनियर टोलीमै बोलाए।

उनले कोर्षमा राम्रो नतिजा ल्याएकै कारण एएफसीले उनलाई चाडै ‘बि’ कोचिङ कोर्ष गराउन एन्फालाई सिफारिस गर्यो। उनले गत वर्षनै एएफसी ‘बि’ कोचिङ कोर्ष पनि राम्रो अंक ल्याएर पास गरे। सामान्यतया ‘सी’ कोर्ष गरेको २ वर्षपछि प्रशिक्षकको क्रियाकलाप हेरेर ‘बि’ कोर्षको लागि सिफारिस गर्ने नियम छ, तर एएफसीले उत्कृष्ट प्रशिक्षकहरुलाई सिधै ‘बि’ कोर्षको लागि सिफारिस गर्ने प्रावधान रहेको छ। उनले केहि महिनाअघि मात्र फुटसल प्रशिक्षक कोर्षपनि सफलतापूर्वक सम्पन्न गरेका छन्।

प्रशिक्षण कोर्षमा राम्रो नतिजा ल्याएका विष्णुले अहिले गृहनगर पोखरामा २ एकेडेमीमा प्रशिक्षण दिंदै आएका छन्। इन्द्रेणी एकेडेमी र मालेपाटन एकेडेमीका प्रशिक्षक रहँदै आएका विष्णु विश्व फुटबलले युग परिवर्तन गरेजस्तै नेपालमा पनि त्यहि अनुसारको परिवर्तन ल्याउने उद्देश्य लिएर जुटेका छन्। आफुले फुटबल खेल्ने उमेरमा प्रशिक्षण गरिरहनुपर्दा केहि दुख लागेपनि आउने पिढीका खेलाडीले भने यस्तो नियति भोग्नु नपरोस भन्ने उनले आशा राखेका छन्।

फुटबल नभएको खाली समयमा प्रशिक्षण सँगसँगै अध्ययनमा समय बिताएका विष्णुले नेपाली फुटबल ग्रासरुटदेखिनै विकास गर्नुपर्ने बताए। ‘हामीले फुटबल विकास गर्नका लागि हाम्रो ग्रासरुटनै बलियो बनाउनुपर्छ। हामीले मैदान भित्र खेल्ने शैलीमात्र हैन, खेलाडीले मैदानबाहिर के खान्छ, के गर्छ भन्ने सम्पूर्ण क्रियाकलापलाई नजिकबाट नियाल्नु पर्छ।’ विदेशको तुलनामा नेपाली खेलाडी केहि पछाडी रहनुमा सानो उमेरदेखिनै ध्यान नदिनु मुख्य कारक रहेको उनको बुझाई छ। ‘विदेशमा सानो उमेरदेखि नै खेलाडीहरुलाई विशेष डाइट प्लान, शारीरिक व्यायाम लगायत अन्य धेरै कुराको नियमन हुन्छ। उनीहरु त्यसकै ओरपर हुर्कन्छन अनि विकास पनि राम्रो हुन्छ। हामीले सबै त्यसै अनुसार गर्न नसकेपनि सकेसम्म त्यसलाई पछ्याउने हो भने बिस्तारै अगाडी बढ्न सकिन्छ।’

खेलाडी भएर आफ्नो उच्च फर्ममा खेलिरहनु पर्ने बेलामा प्रशिक्षकको भूमिका निभाउनु पार्दा विष्णु खिन्न छन्। ‘हामीले यो समय खेल मैदानमा खेलाडीको रुपमा बिताउनु पर्ने हो। तर नेपालमा गह्रेलु फुटबल शून्यप्राय हुँदा आफुले सिकेको र जानेको कुरा सिकाएर भविष्यमा राम्रा खेलाडी उत्पादन गर्न जुटेको छु। मसँगै खेल्ने अन्य साथीहरुले पनि आफ्नो ठाउँमा रहेर प्रशिक्षण दिइरहेका छन्। भविष्यको लागि यो राम्रो बाटो हो तर आफुले खेल्नुपर्ने समयमा पनि यसैमा लाग्नुपर्दा भने केहि नैराश्यता अवश्य हुन्छ।’

फुटबलमा लागेर जीवनयापन गर्ने धेरै खेलाडीको अहिलेको स्थितिले भने भविष्यमा खेलाडी उत्पादन नहुने हो कि डर भने उनमा बढ्दो छ। ‘अहिले नेपालमा फुटबल नहुँदा खेलाडीहरु पलायन वा व्यवसायमा केन्द्रित हुन थालिसके। यस्तो अवस्थामा भविष्यमा खेलाडीनै नआउने हो कि चिन्ता भने पक्कै छ। पहिलेको तुलनामा अहिले अभिभावकले आफ्नो बच्चाहरुलाई खेलमा लाग्न प्रेरित त गरेका छन्। तर, खेल नै आयोजना नहुने हो भने खेलाडीको के काम?’

उमेरले २९ वसन्त पार गरिसकेका विष्णु अब खेलाडी भन्दा पनि प्रशिक्षकका रुपमा आफ्नो छाप बसाउने धुनमा रहेका छन्। चाडै लिग संचालन भए थ्री स्टार क्लबबाटै एकपटक उपाधि जित्ने धुनमा रहेका विष्णुले प्रशिक्षक बनेर पोखरा फुटबललाई प्रवर्धन गर्ने लक्ष्य राखेका छन्। फुटबल नियमित रुपमा  आयोजना नहुँदा खेलाडीहरु खेलबाट टाढा रहेर अन्यत्र लागिरहँदा विष्णु भने आउने पिढीका खेलाडी उत्पादन गर्न लागि परेका छन्। उनको एउटै आशा छ,’आफुले खेलाडी हुँदा भोगेको दुख, उनले उत्पादन गरेका खेलाडीले भोग्नु नपरोस्।’

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.