8 years ago
August 12, 2017
बार्यिलोना (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोनाले चिनियाँ क्लब ग्वानझाउ एभरग्रान्डबाट ब्राजिलियन मिडफिल्डर पौलिन्होलाई अनुबन्धन गरेको छ। बार्साले ३६.५ मिलियन पाउण्ड खर्चेर पौलिन्होलाई क्लबमा भित्र्याएको हो।
सन् २०१५मा इङ्गलिस क्लब टोटेनहम हट्सपरबाट १० मिलियन पाउण्डमा ग्वानझाउ पुगेका पौलिन्होले त्यहाँ रहेर दुई सिजन बिताएका थिए। २९ वर्षीय मिडफिल्डरले इङ्गल्याण्डमा रहेर ६७ खेलमा ११ गोल गरेका थिए। नयाँ प्रशिक्षकको रोजाईमा पर्न नसकेपछि उनि चिनियाँ क्लब पुगेका हुन्।
बार्सिलोना जाने हल्ला लामो समयदेखि चलेपनि दुई क्लबबिच स्थानान्तरण रकममा सहमति आउन केहि समय लागेको थियो। ब्राजिलका राष्ट्रिय टोलीका सदस्य रहेका उनले आगामी विश्वकपमा स्थान बनाउन बार्सिलोनासँग रहेर थप सहयोग पुग्ने बताए।
बार्सिलोनाले पौलिन्होसँगै अर्का ब्राजिलियन मिडिफिल्डर कौटिन्होलाई पनि पछ्यारहेको छ। यद्दपी कौटिन्होलाई भने लिभरपुलले कुनै हालतमा पनि नबेच्ने प्रष्ट्याउँदै आएको छ। कौटिन्होले भने आफु क्लब छाड्न इच्छुक रहेको ओपचारिक जानकारी दिएका छन्
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]