8 years ago
August 12, 2017
वाटफर्ड (एजेन्सी) – इङ्गलिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा लिभरपुल र वाटफर्डले ३-३को बराबरी खेलेका छन्। खेलमा अग्रता लिएपनि लिभरपुलले अन्तिम समयमा गोल खाएको थियो।
खेलको आठौं मिनेटमा स्टेफानो ओकाकाले गोल गर्दै घरेलु टोली वाटफर्डलाई खेलमा सुरुवाती अग्रता दिलाएका थिए। उनले जोसे होलेबासको कर्नरमा प्रहार गरेको हेडर गोलरक्षक मिनोलेटले बचाउन खोज्दा असफल रहेका थिए। लिभरपुलका लागि २९ औं मिनेटमा सादियो मानेले बराबरी गूल गरेका थिए। उनले मिडफिल्डर एम्रे च्यानसँग पास खेल्दै गोल गरेका थिए। तर, त्यसको १ मिनेट पछिनै वाटफर्डले पुन: अग्रता लियो। अब्दुलाए डोकुरेले डिफेन्सले क्लिएर गर्न नसकेको बलमा ६ यार्ड बक्सभित्र बाट सजिलै गोल गरेका थिए।
दोश्रो हाफको ५५औं मिनेटमा रोबर्टो फिर्मिनोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई पुन बराबरीमा ल्याए। वाटफर्डका गोलरक्षक गोमेसले मोहमद सलाहलाई बक्सभित्र लडाएपछि लिभरपुलले पेनाल्टी पाएय्को थियो। त्यसको २ मिनेटपछि नै मोहमद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। फिर्मिनोले गोलरक्षकलाई चिप गरेर प्रहार गरेको सटमा सलाहले गोल गरेका थिए।
खेलको दोश्रो हाफको इन्ज्युरी समयको तेश्रो मिनेटमा वाटफर्डका लागि मिगुएल ब्रिटोसले गोल गरेका थिए। वाटफर्डको कर्नरबाट आएको बलमा गोलरक्षक मिनोलेटले राम्रो बचाउ गर्न नसक्दा गोल भएको थियो।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]