8 years ago
August 12, 2017
लन्डन (एजेन्सी)– साविक विजेता चेल्सीले हारबाट इङ्लिस प्रिमियर लिगको नयाँ सिजनको सुरुआत गरेको छ । ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको चेल्सी घरलु मैदानमा शनिबार बर्नलीसँग ३–२ ले पराजित भएको छ ।
चेल्सीका कप्तान ग्यारी केहिल १४ औं मिनेटमा । रातो कार्ड खाँदै मैदान बाहिरिएपछि चेल्सी पहिलो हाफमै ३–० ले पछि परेको थियो । बर्नलीका स्टेफन डेफोरलाई बल नहुँदा प्रहार गरेको ट्याकल लागेपछि रेफ्रीले केहिललाई रातो कार्ड देखाएका थिए । त्यसको फाइदा उठाउँदै स्याम भोक्सले खेलको २४ औं मिनेटमा गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए ।
३९औं मिनेटमा स्टेफन वार्डले उत्कृष्ट गोल गर्दै अग्रतालाई २–० बनाए । उनले जयक कर्कको पासमा उत्कृष्ट ढंगले बल रोकेर भली प्रहारमा गोल गरेका थिए । पहिलो हाफका लागि ३ मिनेट बाँकी रहँदा भोक्सले अर्को गोल थपे । उनले डेफोरको क्रसमा हेडरमार्फत गोल गरेका थिए ।
दोस्रो हाफमा पनि खेलमा रोमाञ्चकता जारी रह्यो । अल्भारो मोराटाले ६९ औं मिनेटमा गोल फर्काउँदै चेल्सीलाई खेलमा फर्काउने प्रयास गरका थिए । मोराटाले विलियन्सको पासमा गोल गरेका थिए ।
तर ८१ औं मिनेटमा सेस फाब्रिगासले रातो कार्ड पाउँदै मैदान छाडेपछि खेलमा फर्कने चेल्सीको सम्भावना थप कमजोर बनेको थियो । खेल सकिन २ मिनेट बाँकी रहँदा डेभिड लुइजले गोल गरेपछि चेल्सीले गोलअन्तर कम गरायो । तर त्यसपछि टोलीले अर्को गोल गर्न सकेन र सिजनको पहिलो खेलमै हार आत्मसात गर्न बाध्य भयो ।
शनिबारका अन्य खेलमा वार्टफोर्ट र लिभरपुलले ३–३ , साउथह्याम्टन र स्वान्सीले गोलरहित बराबरी खेलेका थिए । हर्डरफिल्डले क्रिस्टल प्यालेसमाथि ३–०, एभर्टनले स्टोक सिटीलाई र वेस्ट ब्रुमबीचले बोर्नमाउथलाई समान १–० ले हराएको थियो ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]