8 years ago
August 13, 2017
काठमाडौँ (हाम्रो खेलकुद ) – अर्को महिना ताजकिस्तानविरुद्ध घरेलु मैदानमा हुने एएफसी एसियन कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली जापान भ्रमणमा छ । शुक्रबार स्थानिय समय अनुसार २ बजे जापान पुगेको टोलीले त्यसै दिन अभ्यास थालेको थियो ।

आज पनि नेपाली टोलीले प्रशिक्षण गरेको टोलीका कप्तान अनिल गुरुङले जानकारी दिए । जापान भ्रमणमा नेपाली टोली विश्व विद्यालय, क्लब र उमेर समूहका टोलीसँग गरी ५ मैत्रीपूर्ण खेल खेल्ने छ ।
एसियन कप छनोट चरणको खेलका लागि अघिल्लो पटक भन्दा यसपटक बढी संख्यामा नेपाली टोलीले मैत्रीपूर्ण खेल खेल्ने अवसर पाउन लागेको हो । एसियन कप छनोट तेस्रो खेलमा नेपालले भदौंमा घरेलु मैदानमा ताजकिस्तानको सामना गर्दैैछ । आइतबार (श्रावण २९) देखि भदौ ३ गते सम्म नेपालले विश्वविद्यालय, क्लब र उमेर समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।
नेपालले आइतबार जे १ लिगमा खेल्ने गाम्बा ओसाका को यू-२३ टोलसंग पहिलो खेल खेल्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिएको जानकारी अनुसार नेपालले खेल्ने सम्पूर्ण ५ खेलको नेपाली समयानुसारको तालिका निम्न अनुसार छ ।
नेपाल टोलीको मैत्रीपूर्ण खेल
१. साउन २९ गते- विरुद्ध गाम्बा ओसाका यू २३ , नेपाली समय : दिउँसो ३:४५
२. साउन ३२ गते – विरुद्ध क्वान्सी ग्वाक्विन विश्वविद्यालय, नेपाली समय : दिउसो १: १५
३. भदौ १ गते – विरुद्ध अमिट्सि स्पोर्टस क्लब, बिहान ६: १५
४. भदौ २ गते -विरुद्ध हनाम विश्वविद्यालय, दिउसो १: १५
५. भदौ ३ गते – विरुद्ध भिसेल कोबे यू १८ , दिउसो १२: ४५
जापानमा प्रशिक्षणरत नेपाली टोली
गोलकिपर – विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने
रक्षक – विराज महर्जन, जितेन्द्र कार्की, कमल श्रेष्ठ, राजेन्द्र रावल, दीनेश राजवंशी, मानबहादुर तामाङ, अनन्त तामाङ, विमल बस्नेत, देवेन्द्र तामाङ,
मिडफिल्डर – हेमन गुरुङ, अञ्जन विष्ट, हेमन्त थापा मगर, विक्रम लामा,हेमन गुरुङ, विशाल राई, सुजल श्रेष्ठ, सुनिल बल
फरवार्ड – नवयुग श्रेष्ठ, भरत खवास, अनिल गुरुङ (कप्तान), सुमन लामा, विमल घर्ती मगर
प्रशिक्षक – ग्यातुको कोजी (प्रमुख प्रशिक्षक), राजु शाक्य (प्रशिक्षक), उज्वल मानन्धर (गोलकिपर प्रशिक्षक), रोशन तुलाधर (दोभाषे)
व्यवस्थापक – विराटजंग शाही
चिकित्सक – राजु डंगोल
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]