default_image

8 years ago

August 13, 2017

माल्दिभ्समा किरणको टोलीको पहिलो जित

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोर्टसले धिवेही प्रिमियर लिग (डिपिएल) मा गएराती सानदार जित दर्ता गरेको छ । टिसी स्पोर्टसले शनिबार कुडहुवदुलाई ६–१ को फराकिलो अन्तरले हराएको छ ।

डिपिएलको दोस्रो खेलमा किरणको टोलीको यो पहिलो जित हो । जितपछि किरणको टोली अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । टिसीले अगस्ट ५ मा न्यू रेडियन्टसँगको खेल ३–१ ले गुमाएको थियो । डिपिएलमा आठ टोली छन् । समान ६ अंक भएको माजिया शीर्ष स्थान ग्रिन स्ट्रिट्स दोस्रो स्थानमा छ ।

व्यवसायिक जिम्मेवारीका कारण राष्ट्रिय टोलीसँग जापान जान नसकेका किरणले टोलीलाई शुभकामना दिएका थिए । भदौ २० मा घरेलु मैदानमा ताजकिस्तानविरुद्ध हुने एएफसी एसियन कप छनोट खेलका लागि भने किरण स्वदेश फर्कनेछन् ।

एसियन कप छनोटका अघिल्ला दुई खेलमा नेपालले १ अंक जोडेको थियो । पहिलो खेल फिलिपिन्ससँग ४–१ ले गुमाएको नेपालले अर्को खेलमा यमनसँग गोलरहित बराबरी खेलेको थियो । यमनसँगको खेलमा किरण म्यान अफ दी म्याच घोषित भएका थिए ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.