default_image

8 years ago

August 13, 2017

साफ यू १५ च्याम्पियनसिप : टिकट कसरी खरिद गर्ने ?

126 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघको आयोजनामा साफ यू १५ च्याम्पियनसिपको यसै साता सुरु हुँदैछ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार शुक्रबार सुरु हुने च्याम्पियनसिपमा नेपालसहित दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहनेछ ।

 

nepal-u15-national-team

भारत र माल्दिभ्ससँग नेपाल समूह ‘बी’ मा रहेको छ । पहिलो दिन बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो दिन भदौ ३ मा नेपालले भारतको सामना गर्नेछ । एन्फाले दर्शकका लागि साधारण तर्फ २ सय र भिआईपी तर्फ ५ सय दरको टिकद दर तोकेको छ । टिकट ईसेवा मार्फत खरिद गर्न सकिने एन्फाले जनाएको छ । एन्फाले साधारण र भिआईपी गरेर १४ सय टिकट बिक्रि गर्ने जानकारी दिएको छ ।

१. टिकट इसेवाको खाता भएका समर्थकहरुले https://football.esewa.com.np/ मा गएर खरिद गर्न सक्नुहुनेछ

यदि आफूसँग इसेवा खाता छैन भने नजिकको इसेवा एजेन्टमार्फत पनि टिकट खरिद गर्न सकिनेछ। काठमाडौँ उपत्यकामा इसेवाका ५ हजार एजेन्ट शाखा र नेपालभर २५ हजार एजेन्ट रहेको बताइएको छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.