default_image

7 years ago

August 15, 2017

जापानमा नेपाली टोली दोस्रो मैत्रीपूर्ण खेलको तयारीमा जुट्दै

काठमाडौं (हाम्रो खेलकुद)– जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली दोस्रो मैत्रीपूर्ण खेलका लागि तयारीमा जुटेको छ । पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी खेलेको नेपालले बुधबार क्वान्साइ गाकुइन विश्वविद्यालयको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो १ः१५ बजे सुरु हुनेछ । ओसाकामा रहेको नेपाली टोलीले आज बिहान अभ्यास गरेको छ । टोलीका […]

23 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली दोस्रो मैत्रीपूर्ण खेलका लागि तयारीमा जुटेको छ । पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी खेलेको नेपालले बुधबार क्वान्साइ गाकुइन विश्वविद्यालयको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो १ः१५ बजे सुरु हुनेछ ।

ओसाकामा रहेको नेपाली टोलीले आज बिहान अभ्यास गरेको छ । टोलीका प्रशिक्षक राजुकाजी शाक्यले हाम्रो खेलकुद डटकमलाई दिएको जानकारी अनुसार आज दिउँसो अभ्यासको अर्को सत्र पनि हुनेछ । शाक्यले भने,‘तयारी सन्तोषजनक छ । पहिलो खेलमा पनि खेलाडीले राम्रो प्रदर्शन गरे । टोलीमा कुनै खेलाडीलाई चोटको समस्या छैन । हामी भोलीको खेलमा केन्द्रित छौं ।’

एएफसी एसियन कप छनोटअन्तर्गत अर्को महिना ताजकिस्तानसँग खेल्नुअघि अन्तिम तयारीको लागि नेपाली टोली जापान पुगेको हो । जापानमा पुगेको नेपाली टोलीले आइतबारको मैत्रीपूर्ण खेलमा गाम्बा ओसकाको यू–२३ टोलीसँग १ – १ को बराबरी खेलेको थियो । नवयुग श्रेष्ठको गोलबाट नेपाली टोलीले खेलमा बराबरी गरेको थियो ।

नेपालले भदौ २० गते ताजकिस्तानसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । छनोटमा दुई खेल खेलिसकेको नेपालको १ अंकसहित तेस्रो स्थानमा छ । ६ अंकसहित शीर्षस्थानमा फिलिपिन्स र ४ अंकसहित यमन दोस्रो स्थानमा छ । ताजिकिस्तानले अंक जोड्न सकेको छैन । समूहको शीर्ष दुई टोलीले एएफसी एसियन कपको अन्तिम चरणमा प्रवेश पाउनेछन् ।

चैतमा फिलिपिन्ससँग ४–१ को हार बेहोरेको नेपालले घरलु मैदानमा जेठमा गोलरहित बराबरी खेलेको थियो । ५ वटा अभ्यास खेलपछि टोली स्वदेश फर्कनेछ । प्रशिक्षक शाक्यले जापान भ्रमणले ताजकिस्तानसँगको खेलमा सफल नतिजाको आउने विश्वास गरेका छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.