default_image

8 years ago

August 15, 2017

पौलिन्हो बार्सिलोनामा आउने पक्का

134 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले चीनको गुआंगजौ एभरग्रिनेडबाट पौलिन्होलाई भित्राउन सहमतीमा पुगेको क्लबको आधिकारिक वेबसाइटले जनाएको छ ।

Paulinho

बार्सिलोनाले २९ वर्षीय ब्राजिलियन मिडफिल्डरका लागि ४० मिलियन युरो तिर्ने सम्झौता गरेको जनाएको छ । पौलिन्होको ‘रिलिज क्लज’ १२० मिलियन युरोको छ । पौलिन्होलाई बिहिबार मेडिकल पश्चात  अधिकारिक रुपमा सम्झौता गर्दै बार्सिलोनाको खेलाडी बनाउन क्लबले तयारी गरिरहेको छ।

सन् २०१३ मा १७ मिलियन पाउण्डमा इङ्लिस् क्लब टोटेनह्याम आएका पौलिन्हो दुई सिजनपछि १४ मिलियन युरोमा चीन पुगेका थिए ।क्लबको सबैभन्दा खेलाडीको रुपमा टोटेनह्याममा  आउँदा पौलिन्होले पहिलो सिजन ३० प्रिमियर लिग खेलमा स्थान पाएपनि टोटेनह्याममा उनको दोस्रो सिजन सन्तोषजनक भएन । १५ खेल खेल्दा उनले सुरुवाती ११ मा ३ पटकमात्र स्थान पाएका थिए।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.