default_image

7 years ago

August 15, 2017

पुनरागमन सँगै रोहितको टोलीले अंक बाड़्यो

जाकार्ता (एजेन्सी)– पहिलो हाफमा दुई गोलले पछि परेको नेपाली मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जाकार्ताले दोस्रो हाफको पुनरागमन सँगै पार्साटुएन सेपाक्बोला माकासासँथ अंक बाढेको छ । इन्डोनेसियाको प्रथम श्रेणीको लिगमा घरेलु मैदानमा भएको खेलमा रोहितको टोलीले २–२ को बराबरी खेलेको हो । चोटका कारण अघिल्ला ४ मध्ये दुई खेल गुमाएका रोहितले मंगलबारको खेल पुरै खेलेका […]

23 views

0 Bookmark

जाकार्ता (एजेन्सी)– पहिलो हाफमा दुई गोलले पछि परेको नेपाली मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जाकार्ताले दोस्रो हाफको पुनरागमन सँगै पार्साटुएन सेपाक्बोला माकासासँथ अंक बाढेको छ ।

इन्डोनेसियाको प्रथम श्रेणीको लिगमा घरेलु मैदानमा भएको खेलमा रोहितको टोलीले २–२ को बराबरी खेलेको हो । चोटका कारण अघिल्ला ४ मध्ये दुई खेल गुमाएका रोहितले मंगलबारको खेल पुरै खेलेका थिए । पाहुना टोली पिएसएमले डच मिडफिल्डर मार्क क्लकको पेनाल्टी गोल मार्फत २२ मिनेटमा अग्रता लिएको थियो । क्लक यसै सिजन स्कटिस लिगको डुन्डी युनाइटेडबाट पिएसएमसँग आबद्ध भएका हुन् ।

त्यस्तै अर्का डच मिडफिल्डर विजान प्लमको गोलमा ३२ औं मिनेटमा अग्रता दोब्बर पारेका थिए । प्लम डच क्लब भिटेसका पूर्व खेलाडी हुन् । उनले लगभग एक दशक डच लिगको शीर्ष श्रेणीमा खेलेका थिए ।

पहिलो हाफमा २–० ले पछि परेको पर्सिजाले दुई ब्राजिलियन फरवार्डले दुई मिनेटको बीचमा गोल फर्काएपछि रोहितको टोलीले खेलमा बराबरी गरेको थियो । डेब्युमा समेत गोल गरेका रेनाल्डो कोस्टाले ६२ औं र त्यसको २ मिनेटपछि ब्रुनो लपेसले पर्सिजालाई बराबरी गोल गरेका थिए । २० खेल पछि पर्सिजा ३२ अंकसँगै छैटौ स्थानमा छ भने ३५ अंक सहित पिएसएम चौथो स्थानमा छ । शीर्षस्थानमा रहेको पर्सिपुराको १९ खेलमा ३७ अंक छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.