8 years ago
August 16, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले बुधबार खेलिएको दोस्रो मैत्रीपूर्ण खेलमा जित हासिल गरेको छ । नेपाल राष्ट्रिय टोलीले कान्साइ गाकुइन विश्वविद्यालयको टोलीलाई २-१ ले पराजित गरेको हो ।

खेलको निर्धारित समयको अन्त्यमा सुमन लामाको गोलसँगै नेपालले अन्तिम समयमा जित हासिल गरेको हो। १-१ को बराबरी तर्फ लम्कदै गरेको खेलमा सुमनले अतिरिक्त समयको पहिलो मिनेटमा गोल गर्दै टोलीलाई जीत दिलाए ।
त्यसअघि खेलको पहिलो हाफमा गोल गर्दै विमल घर्ति मगरले नेपाललाई अग्रता दिलाएका थिए । पहिलो हाफको १२ औं मिनेटमा विमलको गोलमा अग्रता लिएपनि २५औं मिनेटमा गाकुइनले बराबरी गोल गरेको थियो ।
एएफसी एसियन कप छनोटअन्तर्गत अर्को महिना ताजकिस्तानसँग खेल्नुअघि अन्तिम तयारीको लागि जापान पुगेको नेपाली टोलीले पहिलो खेलमा गाम्बा ओसकाको यू–२३ टोलीसँग १ – १ को बराबरी खेलेको थियो । नवयुग श्रेष्ठको गोलबाट नेपाली टोलीले खेलमा बराबरी गरेको थियो ।
नेपालले बिहिबार अमिटि स्पोर्टस क्लबको सामाना गर्ने छ। अमिटि जापानको क्षेत्रीय लिगमा प्रतिस्पर्धा गर्ने टोली हो। उक्त लिग जापानको लिग संरचना अनुसार पाँचौ श्रेणीको लिग हो ।
नेपालले खेल्ने सम्पूर्ण खेलको तालिका यहाँ हेर्नुहोस ।
२४ सदस्यीय भ्रमण टोलीमा राष्ट्रिय टोलीका दुई नियमित सदस्य गोलकिपर किरण चेम्जोङ र रोहित चन्द भने सहभागी छैनन्। किरण माल्दिभ्स र रोहित इन्डोनेसियामा व्यवसायिक फुटबल खेलिरहेका छन् । ताजकिस्तानसँगको खेलका लागि भने उनीहरु स्वदेश फर्कनेछन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]