default_image

8 years ago

August 16, 2017

रियल म्याड्रिडका पूर्व खेलाडी स्टोकमा आवद्ध

85 views

0 Bookmark

(एजेन्सी) – इङ्गलिस प्रिमियर लिग क्लब स्टोक सिटीले रियल म्याड्रिडका पूर्व खेलाडी जेसे रोड्रीग्वेजलाई पेरिस सेन्ट जर्मेनबाट लोनमा ल्याएको छ। रियल म्याड्रिडबाट च्याम्पियन्स लिगको उपाधि जितिसकेका जेसेको आगमनसँगै स्टोकमा च्याम्पियन्स लिगको उपाधि जित्ने ५ खेलाडी भएका छन्, जुन लिगमै सर्वाधिक हो।

स्टोक सिटीमा जेसेबाहेक जेर्दान साकिरी, ड्यारेन फ्लेचर, बोयान क्रिकिच र इब्राहिम अफेलाएले पनि च्याम्पियन्स लिगको उपाधि जितेका छन्। साकिरीले बायर्न म्युनिखमा रहँदा च्याम्पियन्स लिग जितेका थिए भने ड्यारेन फ्लेचरले म्यानचेस्टर युनाइटेडबाट खेल्दै उपाधि उक्त जितेका थिए। बोयान र अफेलाएले भने बार्सिलोनामा रहेर सँगै च्याम्पियन्स लिगको उपाधि जितेका हुन्।

स्टोकपछि चेल्सीको टोलीमा ४ जना च्याम्पियन्स लिग विजेता खेलाडी रहेका छन्। डेबिड लुइज र ग्यारी केहिलले चेल्सीमै रहँदा उपाधि जितेका थिए भने पेड्रोले बार्सिलोना र अल्भारो मोराटाले रियल म्याड्रिडबाट जितेका थिए। म्यानचेस्टर सिटीमा भने ड्यानिलो, याया टुरे र क्लाउडियो ब्राभोले च्याम्पियन्स लिग जितेका छन्। ड्यानीलोले म्याड्रिडसँग जितेका थिए भने टुरे र ब्राभोले बार्सिलोनाबाट उपाधि जितेका हुन्।

म्यानचेस्टर युनाइटेडमा माइकल क्यारिक र जुआन माटा रहेका छन् भने एभर्टनमा वायन रुनी र स्यान्ड्रो रामिरेजले उपाधि जितेका छन्। साउथ्याम्पटनबाट चेल्सीका पूर्वखेलाडी रायन बार्टर्यान्ड र ओरिओल रोमेउली जितेका छन्। चेल्सीबाटै उपाधि जितेका पिटर चेक आर्सनलमा र ड्यानीएल स्टरिज लिभरपुलमा रहेका छन्। वेष्ट ह्याममा इन्टरबाट उपाधि जितेका मार्को अर्नाउटोभिच रहेका छन्।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.