8 years ago
August 17, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको तयारीका लाािग जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबारको मैत्रीपूर्ण खेलमा लज्जास्पद हार बेहोरेको छ । नेपाली टोलीले अमिटी स्पोर्टस क्लबसँग आज बिहान भएको खेलमा ५–० को हार बेहोरेको हो ।
अमिटी जापानको क्षेत्रीय लिगमा प्रतिस्पर्धा गर्ने क्लब हो । क्षेत्रिय लिग जापानको लिग संरचना अनुसार पाँचौ श्रेणीको लिग हो । चौथो मिनेटमै यामाकोमो डाइकीको गोलबाट पछि परेको नेपालविरुद्ध १६ औं मिनेटमा योसहियोकाले गोल गरे । त्यस्तै ३४ औं मिनेटमा ताकाहासीले गोल गरे ।
दोस्रो हाफमा दुई मिनेटको फरकमा दुई गोल गर्दै अमिटीले गोलअन्तरलाई फराकिलो पारेको थियो । मोरिया ताकाजिनले ५६ औं र होरिनो जुनले ५७ औं मिनेटमा नेपालविरुद्ध गोल गरेका थिए ।
अघिल्ला दुई मैत्रीपूर्ण खेलमा भने नेपालले एकमा बराबरी र अर्कोमा जित निकालेको थियो । बुधबारको खेलमा नेपाल राष्ट्रिय टोलीले कान्साइ गाकुइन विश्वविद्यालयको टोलीलाई २–१ ले पराजित गरेको थियो । सुमन लामाको गोलमा नेपाल विजयी भएको थियो । त्यसअघि विमलले नेपालका लागि पहिलो गोल गरेका थिए । १२ औं मिनेटमा विमलको गोलमा अग्रता लिएपनि २५औं मिनेटमा गाकुइनले बराबरी गोल गरेको थियो ।
एएफसी एसियन कप छनोटअन्तर्गत भदौ २० गते ताजकिस्तानसँग खेल्नुअघि अन्तिम तयारीको लागि जापान पुगेको नेपाली टोलीले पहिलो खेलमा गाम्बा ओसकाको यू–२३ टोलीसँग १ – १ को बराबरी खेलेको थियो । नवयुग श्रेष्ठको गोलबाट नेपाली टोलीले खेलमा बराबरी गरेको थियो । नेपालले शुक्रबार हानान विश्वविद्यालयसँग नेपाली समयअनुसार १ः१५ बजे प्रतिस्पर्धा गर्नेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]