8 years ago
August 17, 2017
काठमाडौं(हाम्रो खेलकुद ) – राजधानीमा शुक्रबार शुरु हुने पहिलो संस्करणको यू–१५ साफ च्याम्पियनसिपमा नेपाली युवा टिमले उपाधि जित्ने लक्ष्य लिएको छ ।

यू -१५ नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठ (बाँया) र कप्तान रोशन थापामगर (दाँया)
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदान र हल्चोकस्थित नेपाल एपिएफ क्लबको खेल मैदानमा भदौ २ गतेदेखि ११ गतेसम्म हुने प्रतियोगितामा नेपालले भदौं ५ गते छिमेकी माल्दिभ्सविरुद्ध खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।
उमेर समूहमा नेपाली टिमलाई निकै सशक्त टिमको रुपमा हेर्ने गरिन्छ । नेपाली टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले होम ग्राउण्डमा प्रतियोगिता भएकाले यसको एडभान्टेज लिएर सके उपाधि तथा नसके कम्तीमा पनि सेमिफाइनल पुग्ने लक्ष्य लिएको बताएका छन् । ‘प्रतियोगिताको लागि हामीले निरन्तर प्रशिक्षण गरिरहेका छौं । श्रीलंकामा भएको फेष्टिबलमा खेलेका ४ देखि ५ खेलाडी टिममा परिवर्तन गरिएको छ ।’ प्रशिक्षक श्रेष्ठले प्रि म्याच पत्रकार सम्मेलनमा भने, ‘टिममा धेरै कुरामा सुधार आएको छ । हामीले यसपटक डिफेन्स लाईन र एट्याकिङलाई बढी फोकस गरेका छौं ।’
यस्तै प्रशिक्षक श्रेष्ठले अघिल्लो प्रतियोगितामा भारतसँग पराजित भएको स्मरण गर्दै यसपटक पनि प्रतियोगितामा भारत बलियो रहेकाले भारतसँग सचेत भएर खेल्ने बताए । यू–१५ का नियमित कप्तान घाइतेका भएका कारण नेपाली युवा टिमको कप्तानी रोशन थापामरगले गर्नेछन् ।
यू–१५ टिमका कप्तान रोशन थापामगरले टिममा १/२ वर्षदेखि नियमित खेल्दै आएको खेलाडीहरु नै रहेकाले टिमले उत्कृष्ट प्रदर्शन गर्ने बताए । ‘टिममा केही नयाँ खेलाडीहरु आएका छन् । उनीहरु राम्रा छन् ।’ कप्तान रोशनले भने, नयाँ र पुराना दुवैको तालमेलले टिम राम्रो देखिएको छ । हामी घरेलु मैदानमै उपाधि राख्न चहान्छौं ।’ नेपाल रहेको समूह ‘बी’ मा भारतसँगै माल्दिभ्स पनि रहेको छ । नेपालले भारतसँग भदौं ७ गते खेल्नेछ ।
भारतीय टिमका प्रशिक्षक विभियानोले टिम प्रतियोगिताको लागि तयार रहेको बताए । हामीले गएको १ वर्षदेखि निरन्तर प्रशिक्षण गरिरहेका छौं । ‘हामी नेपालमा आफ्नो शतप्रतिशत दिएर खेल्नेछौं ।’ प्रशिक्षक विभियानोले भने, ‘प्रतियोगितामा आयोजक नेपाललाई घरेलु मैदान र दर्शकको फाइदा छ । तर, हामी पनि राम्रो फुटबल खेल्ने प्रयास गर्नेछौं ।’
माल्दिभ्सका प्रशिक्षकले प्रतियोगितामा राम्रो खेल्ने प्रयास गर्दै सेमिफाइनलसम्म पुग्ने लक्ष्य लिएको बताए । उनले प्रतियोगितामा भारतसँगै नेपाल पनि उपाधिको दावेरदार टिम रहेको थपे ।
यता श्रीलंकन टिमका जापनिज प्रशिक्षक सुजुकी चिकासले प्रतियोगिताको लागि तयार रहेको बताए । ‘हामीले जम्मा दुई हप्ताको प्रशिक्षण गरेका छौं । यो प्रतियोगिताको लागि पर्याप्त समय होइन । तैपनि टिम प्रतियोगिताको लागि तयार छ ।’ प्रशिक्षक सुजुकीले भने, ‘खेलाडीहरु खुल्ला छनोटबाट छनोट गरेका छौं । आशा छ टिमले राम्रो प्रदर्शन गर्नेछ ।’
बंगलादेशका प्रशिक्षकले १ महिनाको तयारीले टिम प्रतियोगिताको लागि तयार रहेको र उपाधि रक्षा गर्ने अभियानमा प्रयासरत रहने बताए । यस्तै भुटानका प्रशिक्षकले गत मार्चबाट टिमले एकेडेमीमै रहेर प्रशिक्षण गरेका कारण टिमले राम्रो प्रदर्शन गर्ने बताए ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]