8 years ago
August 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– एएफसी एसियन कप छनोटको तयारीका लागि जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले चौथो मैत्रीपूर्ण खेलमा आज हनाम विश्वविद्यालयको फुटबल टोलीको सामना गर्दै छ ।

यसअघिका तीन खेलमा नेपालले मिश्रित नतिजा बेहोरेको थियो । बिहीबार जापानको क्षेत्रिय लिगमा प्रतिस्पर्धा गर्ने अमिटी स्पोर्टस क्लबसँग ५–० ले हारेको नेपालको यो तीन दिनमा लगातार तेस्रो खेल हो ।
यसअघिको तीन खेलमा नेपालले एक बराबरी, एक जित र एक खेलमा हारेको सामना गरेको छ । पहिलो खेलमा गाम्बा ओसाका यू २३ सँग आइतबार १–१ को बराबरी गरेको नेपाली टोलीले बुधबार क्वान्सी ग्वाक्विन विश्वविद्यालयलाई २–१ ले हराएको थियो ।
पहिलो खेलमा नवयुग श्रेष्ठले बराबरी गोल गरेका थिए । दोस्रो खेलमा नेपालले विमल घर्ती मगर र सुमन लामाको गोलमा जित निकालेको थियो । बिहिबार भने तेस्रो खेलमा लज्जास्पद हार बेहोरेको थियो । शनिबार नेपालले जापानमा लगातार चौथो मैत्रीपूर्ण खेल खेल्नेछ ।
माल्द्धिभ्समा टिसी स्पोट्र्स क्लबसँगको जिम्मेवारीमा रहेका राष्ट्रिय टोलीका नियमित गोलरक्षक किरण चेम्जोङ र इन्डोनेसियामा पेर्सिजा जाकार्ता आबद्ध रोहित चन्द भने जापान भ्रमणमा सामेल छैनन् ।
नेपालले भदौ २० गते ताजकिस्तानसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । छनोटमा दुई खेल खेलिसकेको नेपालको १ अंकसहित तेस्रो स्थानमा छ । ६ अंकसहित शीर्षस्थानमा फिलिपिन्स र ४ अंकसहित यमन दोस्रो स्थानमा छ । ताजिकिस्तानले अंक जोड्न सकेको छैन । समूहको शीर्ष दुई टोलीले एएफसी एसियन कपको अन्तिम चरणमा प्रवेश पाउनेछन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]