8 years ago
August 17, 2017
काठमाडौं(हाम्रो खेलकुद) – शुक्रबारबाट शुरु हुने यु–१५ साफ च्याम्पियनसिपको लागि २३ सदस्यीय नेपाली युवा टिमको घोषणा भएको छ । नेपाली युवा टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले २३ सदस्यीय नेपाली युवा टिमको घोषणा गरेका हुन् ।

युवा टिमको कप्तानी रोशन रानामगरले गर्नेछन्
युवा टिमको कप्तानी रोशन रानामगरले गर्नेछन् । अन्य खेलाडीहरुमा रोहित कार्की, रोशन दोङ, दिपक भण्डारी, सन्जिव अर्याल, निरज चौधरी, रन्दिप पौडेल, विपिन थापामगर, अभिषेक श्रेष्ठ, विर्जेश चौधरी र रन्जन पुन रहेका छन् ।
अन्जल महर्जन, अहसिम गुरुङ, दर्शन गुरुङ, कार्लोश बखारियाम्फ, विशाल सुनार, सौगात खवास, आकाश बुढामगर, शिशिर लेखी, रोशन थापा, सुबास कार्की, निशान रावल र अशोक किङरिङ टोलीमा अटाएका छन् ।
टोलीको गोलकिपिङ प्रशिक्षकमा बिकास मल्ल रहेका छन् । टिम म्यानेजरमा रविन्द्र जोशी, टिम अफिसियलमा अच्युतराज घिमिरे र फिजियोमा राजु दाहाल रहेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदान र हल्चोकस्थित नेपाल एपिएफ क्लबको खेल मैदानमा भदौ २ गतेदेखि ११ गतेसम्म हुने प्रतियोगितामा नेपालले भदौं ५ गते छिमेकी माल्दिभ्सविरुद्ध खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]