default_image

8 years ago

August 18, 2017

रोनाल्डो, मेस्सी, नेयमारसहित २४ खेलाडी फिफा अवार्डको मनोनयनमा

124 views

0 Bookmark

जुरिच (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, नेयमारलगायत २४ खेलाडी द बेस्ट फिफा मेन्स प्लेयर अवार्डको मनोनयनमा परेका छन् । फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार चार वटाका विधाको मनोनयन सार्वजनिक गरेको छ । अवार्ड कार्यक्रममा अक्टोबर २३ मा लन्डनमा हुनेछ । द बेस्ट फिफा वमन्स प्लेयरमा १० खेलाडी मनोयनमा छन् । दे बेस्ट फिफा मेन्स कोचमा १२ र वमन्स टिम कोचमा १० जना सुचिमा परेका छन् ।

पुरुष खेलाडीमा २३ खेलाडीको मनोनयन हुने भएपनि भोटिङमा २३ औं खेलाडीमा दुई खेलाडीको बराबरी मत आएपछि २४ खेलाडी समेटिएको फिफा डटकममा उल्लेख गरिएको छ । त्यस्तै पुरुष प्रशिक्षकमा १० जनाको मनोनयन गरिने भएपनि १० औं स्थानमा बराबरी भएपछि १२ जना अन्तिम छनोटमा परेका हुन् ।

विश्वबाट फुटबलका सरोकारवालाहरुले गर्ने भोटका आधारमा ४ विधाका विजेताको चयन हुनेछ । फिफाका सदस्य राष्ट्रका राष्ट्रिय टोलीका कप्तान, राष्ट्रिय टोलीका प्रशिक्षक, फिफा डटमार्फत समर्थकहरुले गर्ने भोट र अन्तर्राष्ट्रिय २ सय पत्रकारले भोट गर्नेछन् । कप्तान, प्रशिक्षक, समर्थक र पत्रकारको भोट समान २५ प्रतिशत रहनेछ ।

महिला र पुरुष अवार्डका लागि अगस्ट २१ देखि भोटिङ सुरु हुने सेप्टेम्बर ७ सम्म हुनेछ । चार विधाका मनोनयनमा पर्नेबाट तीन जनाको अन्तिम सुचि फिफाले जानकारी गर्नेछ । अक्टुबर २३ मा फिफा पुस्कार अवार्ड, फिफा फ्यान अवार्ड र नयाँ विधा द बेस्ट फिफा गोलकिपर अवार्ड पनि प्रदान गरिने उल्लेख गरिएको छ।

द वेस्ट फिफा मेन्स प्लेयर २०१७


१. पिरी इम्रिक उबामेयाङ (गाबान, बोरुसिया डर्टमन्ड) २.लियोनार्दो बोनुची (इटाली, युभेन्ट्स÷एससी मिलान) ३. जियालुइजी बुफोन (इटाली, युभेन्ट्स) ४. डानी कार्भाजाल (स्पेन, रियाल म्याड्रिड) ५. क्रिस्टियानो रोनाल्डो (पोर्चुगल, रियाल म्याड्रिड) ६. पाउल डेबाला (अर्जेन्टिना, युभेन्ट्स ७.एन्टोनी ग्रिजम्यान (फ्रान्स, एट्लेटिको म्याड्रिड)८.इडेन हाजार्ड (बेल्जियम, चेल्सी)९.ज्लाटान इब्राहिमोभिच (स्वीडेन, म्यानचेस्टर युनाइटेड) १०.आन्द्रेस इनियस्टा (स्पेन, बार्सिलोना) ११.हेरी केन (इङ्ल्यान्ड, टोटेनह्याम) १२. एनगोलो कान्टे (फ्रान्स, चेल्सी)१३. टोनी क्रुस(जर्मनी, रियाल म्याड्रिड) १४. रोर्बेटो लेवान्डोवस्की (पोल्यान्ड, बायर्न म्युनिख) १५.मार्सेलो (ब्राजिल, रियाल म्याड्रिड) १६. लियोनल मेस्सी (अर्जेन्टिना, बार्सिलोना)१७.लुका मोड्रिच (क्रोएसिया, रियाल म्याड्रिड) १८.केलोर नाभास (कोस्टा रिका, रियाल म्याड्रिड) १९.मानुयल नुयोर (जर्मनी, बायर्न म्युखिन) २०.नेयमार (ब्राजिल, बार्सिलोना/पेरिस सेन्ट जर्मेन) २१.सर्जियो रामोस (स्पेन, रियाल म्याड्रिड) २२. एलेक्स सान्चेज (चिली, आर्सनल) २३.लुइस स्वारेज (उरुग्वे, बार्सिलोना) २४.अर्टुरो भिडाल (चिली,बायर्न म्युनिख)

द वेस्ट फिफा वमन्स प्लेयर २०१७


१.लुसी ब्रोन्जे (इङ्ल्यान्ड, म्यानचेस्टर सिटी महिला) २. डेना कास्टेलानोस (भेनेजुयला, सान्टा क्लारिटा ब्लू हिट)३.प्रिनिल हारडेर (डेनमार्क, लिन्कोपिङ्स÷वल्फसवर्ग महिला)४. साम केर (अस्ट्रेलिया, पर्थ ग्लोरी÷स्काई ब्लू एफसी) ५. कार्ली लोयड (अमेरिका ६. हस्टन डास/म्यानचेस्टर सिटी महिला)७.जेनिफर मारोन्सान (जर्मनी, ओलम्पिक लियोनाइस फेमिनिन) ८. भिभिने मेडिमा (नेदरल्यान्ड्स/आर्सनल महिला)९. विन्डिल रेनार्ड (फ्रान्स , ओलम्पिक लियोनाइस फेमिनिन) १०. जोडी टेरल (इङ्ल्यान्ड, आर्सनल महिला)

द वेस्ट फिफा मेन्स कोच २०१७


१. मासिमिलियनो एलिग्री (इटाली, युभेन्ट्स)२. कार्लो एन्सेलोटी ( इटाली, बायर्न म्युखिन), ३.एन्टोनिलयो कोन्टो (इटाली, चेल्सी)४.लुइस इन्रिके (स्पेन, बार्सिलोना) ५. पेप ग्वार्डिओला (स्पेन, म्यानचेस्टर सिटी) ६. लियोनार्दो जार्डिम (पोर्चुगल, मोनाको ७. जोचिम लोउ (जर्मनी, जर्मनी राष्ट्रिय टोली) ८.जोसे माउरिन्हो (पोर्चुगल, म्यानचेस्टर युनाइटेड) ९. माउरिसियो पोचेटिनो (अर्जेन्टिना, टोटेनह्याम) १०. डिएगो सिमवन (अर्जेन्टिना, एट्लेटिको म्याड्रिड), ११.टिटे (ब्राजिल, ब्राजिलिय राष्ट्रिय टोली)१२. जिनेदिन जिदान (फ्रान्स, रियाल म्याड्रिड)

द वेस्ट फिफा वमन्स टिम कोच २०१७


१. ओलिभर इचोन्फी (फ्रान्स, फ्रान्स राष्ट्रिय टोली)२. इमा हायस ( इङ्ल्यान्ड,चेल्सी लेडिज) ३.राल्फ किलरम्यान (जर्मनी, वल्फसबर्ग) ४. जाभी लोरेन्स (स्पेन, बार्सिलोना फिमेनी) ५. निल्स निल्सेन (डेनर्माक, डेनिस राष्ट्रिय टोली) ६. फ्लोरेन्स ओमागबेमी (नाइजेरिया, नाइजेरियन राष्ट्रिय टोली)७. जेरार्ड प्रिचुर (फ्रान्स, ओलम्पिक लियोनिस फेमिनी) ८.डोमिनिक थालहामेर (अस्ट्रिया, अस्ट्रियन राष्ट्रिय टोली) ९. सारिना विग्समन (नेदरल्यान्ड्स, नेदरल्यान्ड्स राष्ट्रिय टोली), ह्वाङ योङ बोङ (उत्तर कोरिया, उत्तर कोरिया राष्ट्रिय टोली/उत्तर कोरिया यू २० राष्ट्रिय टोली

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

Success

Thank you for your time.