8 years ago
August 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली स्तरको यू–१५ साफ च्याम्पियनसिप आजबाट शुरु हुदैछ । सातदोबाटोस्थित एन्फा कम्ल्पेक्सको खेल मैदानमा आजबाट शुरु हुने यू–१५ साफ च्याम्पियनसिपको पहिलो खेलमा समूह ‘ए’ मा रहेको बंगलादेशले श्रीलंकासँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो ३ बजेपछि शुरु हुनेछ । बंगलादेश सन् २०१५ को यू–१६ साफ च्याम्पियन टिम हो । सन् २०१५ मा साफ जित्दाको खेलाडीहरु अहिलेको टिममा नभएपनि टोलीले राम्रो खेल्ने बंगलादेशका प्रशिक्षक मुस्ताफा परभेजले १ महिनाको तयारीले टिम प्रतियोगिताको लागि तयार रहेको र उपाधि रक्षा गर्ने अभियानमा प्रयासरत रहने बताए । यस्तै भुटानका प्रशिक्षकले गत मार्चबाट टिमले एकेडेमीमै रहेर प्रशिक्षण गरेका कारण टिमले राम्रो प्रदर्शन गर्ने बताए ।
यता श्रीलंकन टिमका जापनिज प्रशिक्षक सुजुकी चिकासले प्रतियोगिताको लागि तयार रहेको बताए । ‘हामीले जम्मा दुई हप्ताको प्रशिक्षण गरेका छौं । यो प्रतियोगिताको लागि पर्याप्त समय होइन । तैपनि टिम प्रतियोगिताको लागि तयार छ ।’ प्रशिक्षक सुजुकीले भने, ‘खेलाडीहरु खुल्ला छनोटबाट छनोट गरेका छौं । आशा छ टिमले राम्रो प्रदर्शन गर्नेछ ।’
प्रतियोगितामा समूह ‘बी’ मा रहेको आयोजक नेपालले भदौ ५ गते माल्दिभ्सविरुद्ध खेल्दै प्रतियोगिताको शरुवात गर्नेछ । समूह चरणको दोस्रो खेलमा नेपालले भदौं ७ गते चिरपरिचित प्रतिद्धन्द्धी भारतसँग खेल्नेछ । प्रतियोगिताको लागि बिहिबारै २३ सदस्यीय नेपाली युवा टिमको घोषणा भएको छ । नेपाली टिमको कप्तानी रोशन थापामगरले गर्नेछन् । नियमित कप्तान पुथ्वी चौधरी चोटका कारण टिमबाट बाहिर छन् ।
प्रतियोगितामा ६ दक्षिण एसियाली राष्ट्रको सहभागिता रहेको छ । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । यसअघि यु–१६ साफ च्याम्पियनसिप हुदै आएकोमा यस पटकदेखि यु–१५ साफ च्याम्पियनसिपको आयोजना गरेको हो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]