default_image

7 years ago

August 18, 2017

अर्को मैत्रीपूर्ण खेलमा पनि नेपालको लज्जास्पद हार

काठमाडौँ (हाम्रो खेलकुद)– जापानमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले लगातार दोस्रो लज्जास्पद हार बेहोरेको छ । भ्रमणको चौथो खेलमा नेपाली टोली बिहीबार हनाम विश्वविद्यालयको टोलीसँग ६–० को फराकिलो अन्तरले पराजित भएको छ । अघिल्लो दिन बिहीबार टोली जापानको क्षेत्रिय लिग खेल्ने अमिटी स्पोर्टस क्लबसँग ५–० ले पराजित भएको थियो । एएफसी एसियन कप छनोटमा ताजकिस्तानविरुद्ध […]

29 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद)– जापानमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले लगातार दोस्रो लज्जास्पद हार बेहोरेको छ । भ्रमणको चौथो खेलमा नेपाली टोली बिहीबार हनाम विश्वविद्यालयको टोलीसँग ६–० को फराकिलो अन्तरले पराजित भएको छ । अघिल्लो दिन बिहीबार टोली जापानको क्षेत्रिय लिग खेल्ने अमिटी स्पोर्टस क्लबसँग ५–० ले पराजित भएको थियो ।


एएफसी एसियन कप छनोटमा ताजकिस्तानविरुद्ध हुने खेलको अन्तिम तयारीका लागि नेपाली टोली जापान पुगेको हो । सुरुआती दुई खेलमध्ये एक खेलमा बराबरी गरेको नेपालले अर्कोमा जित दर्ता गरेको थियो । यसअघिको तीन खेलमा नेपालले एक बराबरी, एक जित र एक खेलमा हारेको सामना गरेको छ । पहिलो खेलमा गाम्बा ओसाका यू २३ सँग आइतबार १–१ को बराबरी गरेको नेपाली टोलीले बुधबार क्वान्सी ग्वाक्विन विश्वविद्यालयलाई २–१ ले हराएको थियो ।

पहिलो खेलमा नवयुग श्रेष्ठले बराबरी गोल गरेका थिए । दोस्रो खेलमा नेपालले विमल घर्ती मगर र सुमन लामाको गोलमा जित निकालेको थियो । शनिबार नेपाली टोलीले बिहिबार भने तेस्रो खेलमा लज्जास्पद हार बेहोरेको थियो । नेपालले शनिबार पाँचौं तथा अन्तिम मैत्रीपूर्ण खेलमा भिसेल कोबे यू १८ सँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले भदौ २० गते ताजकिस्तानसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । छनोटमा दुई खेल खेलिसकेको नेपालको १ अंकसहित तेस्रो स्थानमा छ । ६ अंकसहित शीर्षस्थानमा फिलिपिन्स र ४ अंकसहित यमन दोस्रो स्थानमा छ । ताजिकिस्तानले अंक जोड्न सकेको छैन । समूहको शीर्ष दुई टोलीले एएफसी एसियन कपको अन्तिम चरणमा प्रवेश पाउनेछन् ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.