8 years ago
August 18, 2017
काठमाडौँ ( हाम्रो खेलकुद ) – सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको कृतिम खेल मैदानमा आजबाट सुरु भएको साफ यू-१५ च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ४-० ले पराजित गरेको छ ।

तस्बिर : बिबेक सुवेदी / हाम्रो खेलकुद
समुह ‘ए’ को खेलको सुरुवात देखि हावी भएको बंगलादेका लागि मिडफिल्डर मोहम्मद फोयसल अहमद फहिमले ह्याट्रिक गरे । खेलको २८ औं मिनेटमा करिब १० यार्डबाट गोल गरेर अग्रता दिलाएका उनले ३२ औं मिनेटमा अग्रता दोब्बर गरे । करिब २० यार्डबाट गरेको उनको प्रहारले श्रीलंकन गोलरक्षक गिहान सन्दिपालाई कुनै मौका नदिई जाली चुमेको थियो । पहिलो हाफको समाप्ति अघि बंगलादेशका लेफ्ट ब्याक येसिन अराफातले गरेको क्रस सोझै गोलमा परिणत भएको थियो ।

ह्याट्रिक गर्ने क्रममा आफ्नो दोस्रो गोलको खुशियाली मनाउँदै अहमद फहिम(दाँया) । तस्बिर : बिबेक सुवेदी / हाम्रो खेलकुद
पहिलो हाफमा ३-० को अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा पनि पकड जमायो ।अहमद फहिमले ७६ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।
सन् २०११ बाट सुरु भएको च्याम्पियनसिपको अघिल्लो तीन संस्करणमा यू-१६ उमेर समूहमा आयोजना भएको थियो । यसपटक भने सेप्टेम्बेरमा आयोजना हुने यू-१६ एएफसीको प्रतियोगितालाई ध्यान दिदै यू-१५ उमेर समूहमा आयोजना गरिएको हो ।
भोलीको खेलमा समूह ‘बी’ अन्तर्गत भारत र माल्दिभ्स प्रतिस्पर्धा गर्नेछन् । समूह ‘बि’ मा रहेको आयोजक नेपालले पहिलो खेलमा सोमबार माल्दिभ्सको सामाना गर्नेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]