8 years ago
August 19, 2017
काठमाडौं (हाम्रो खेलकुद) – लगातार दुई खेमा लज्जास्पद हार बेहोरेको नेपाली फुटबल टोलीले शनिबार भिसेल कोबेको यू १८ सँग मैत्रीपूर्ण खेल्दै जापान यात्राको अन्त्य गर्दैछ । नेपाली टोलीको आजको खेल पाँचौ तथा अन्तिम हो । खेल नेपाली समय अनुसार दिउँसो १२ः४५ मा सुरु हुनेछ । भिसेल कोबेको पहिलो टोली जापनिज लिगको शीर्ष श्रेणीको लिगमा प्रतिस्पर्धा गर्छ ।

एएफसी एसियन कप छनोटमा ताजकिस्तानविरुद्ध हुने खेलको अन्तिम तयारीका लागि जापान पुगेको नेपाली टोलीले शनिबार लगातार चौथो खेल खेल्दै छ । पहिलो खेलमा साउन २९ गते गाम्बा ओसाका यू २३ टोलीसँग १–१ को बराबरी गरेयता भोली लगातार चौथो खेल खेल्नेछ । ओसाका यू २३ सँगको दुई दिनपछिको खेलमा क्वान्सी ग्वाक्विन विश्वविद्यालयलाई २–१ ले हराएपछि त्यसपछिका दुई खेलमा नेपालले लज्जास्पद हारको सामना गर्नु परेको थियो ।
जापानको क्षेत्रीय टोली अमिट्सि स्पोर्टस क्लबसँग दोस्रो रोजाईको खेलाडीलाई मौका दिएको टोलीले ५–० को हार चाखेको थियो । तर लगतै भोली पल्ट शुक्रबारको खेलमा पनि अघिल्लो दिनकै नतिजाले निरन्तरता पाएको थियो । हनाम विश्वविद्यालयको खेल नेपालले ६–० ले गुमाएको थियो ।
पहिलो खेलमा नवयुगको गोलले बराबरी गरेको नेपाली टोलीका लागि दोस्रो खेलमा विमल घर्ति मगर र सुमन लामाले गोल गरे । नेपालले चार खेलमा जम्मा जम्मी ३ गोल गर्यो भने १३ गोल खाइसकेको छ । पछिल्ला दुई खेलमा मात्र नेपालले ११ गोलको सामना गर्दा एक गोल फर्काउन सकेन । पाँचौं तथा अन्तिम खेलमा सफल नतिजासहित नेपाल यात्राको अन्त्य गर्ने प्रयासमा भने पक्कै हुनेछ ।
नेपालले भदौ २० गते एसियन कप छनोटको तेस्रो खेलमा ताजकिस्तानसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । अघिल्लो बर्षको चैतमा फिलिपीन्ससँग ४–१ को हार बेहोरेको नेपालले जेठको अन्त्यमा घरेलु मैदानमा यमनसँग गोलरहित बराबरी खेलेको थियो । तेस्रो खेलमा नेपालले घरेलु मैदानमा अंक तालिकाको पुछारमा रहेको ताजकिस्तानको सामना गर्नेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]