8 years ago
August 19, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरमा जारी साफ यू-१५ च्याम्पियनसिपको दोस्रो खेलमा भारतले माल्दिभ्सलाई ९-० को फराकिलो अन्तरले पराजित गर्यो । एकतर्फी खेलमा गत संस्करणको उपविजेताले मजबुद सुरुवात गरेको हो । भारतका मिडफिल्डर रभी बहादुर राणाले ह्याट्रिक गरे ।

भारतका रभी बहादुर राणा बल अघि बढाउदै । तस्बिर : बिबेक सुबेदी / हाम्रो खेलकुद
खेलको सुरुबाट पकड जमाएको भारतले पहिलो हाफमा ४ गोलको अग्रता लियो । बलियो देखिएको भारतले २०औं मीनेटमा रभीको गोलमा अग्रता लिएको हो । उनले बिकी ओरामको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । त्यसको २ मिनेट पछि माल्दिभ्सको आत्मघाती गोलमा भारतको अग्रता दोब्बर भएको थियो । रभीले २६ औं मिनेटमा समिर केर्केट्टाको क्रसलाई करिब ६ यार्डबाट हाफ भली प्रहार गर्दै गोल गरे । त्यस्तै भारतले ४१ औं मिनेटमा कर्नर मार्फत चौथो गोल गर्यो।बिकीले प्रहार गरेको कर्नरमा मोइरङथेम थोइबा सिंहले हेडर मार्फत गोल गरे ।

माल्दिभ्सको टोलीमा फिटनेसको समस्या देखिएको थियो ।
दोस्रो हाफको सुरुवाती तीन मिनेटमा रभीले ह्याट्रिक पुरा गरे । गिभ्सन सिंह मोइरङथेमले करिब २२ यार्डबाट गरेको प्रहार माल्दिभ्सका गोलरक्षक मोहमद राइफ अब्दुल्लाले रोकेपनि रिबाउन्डमा रभीले सहजै ट्याप गर्दै ह्याट्रिक पुरा गरे । भारतका लागि रिकी जोन साबोंगले ५७ औं मिनेटमा थप गोल गरे । बिकीको ८ यार्ड बक्स नजिकको क्रसलाई रिकीले सजहै ट्याप गरेका हुन् ।
त्यस्तै भारतका कप्तान विक्रम प्रताप सिंहले ७१ औं मिनेटमा गुर्किरत सिंहको क्रममा हेड मार्फत सातौं गोल गरे । भारतकालागि ८१ औं मिनेटमा लालरोकिमाले २२ यार्डबाट उत्कृष्ट गोल गर्दै आठौं गोल दिलाए भने ८८ मिनेटमा अर्को आत्मघाती गोलसँगै भारत ९-० को बलियो अन्तरले जित्न सफल भयो।
नेपाल सहित रहेको समूह ‘बी’ को अर्को खेलमा सोमबार माल्दिभ्स र आयोजक नेपाल भिड्ने छन् । त्यस्तै बुधबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]