default_image

8 years ago

August 20, 2017

आर्सनल पराजित

106 views

0 Bookmark

स्टोक (एजेन्सी) – प्रिमियर लिगको दोस्रो खेलमा आर्सनल स्टोकको घरेलु मैदानमा १-० ले पराजित भएको छ ।  घरेलु टोली स्टोक सिटीकालागि नयाँ खेलाडी जेसे रोडररीग्वेजले निर्णयाक गोल गरे ।

Jese Rodriguez

रियल म्याड्रिडका पूर्व खेलाडी जेसेले दोस्रो हाफ सुरु भएको ९० सेकेन्डमा साडियो बेराहिनोको पासलाई फार पोस्टमा टाइट एङ्गलबाट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पिएसजीबाट यसै सिजन लोनमा स्टोक सिटी आएका जेसेको पहिलो खेलमा गोल हो । पहिलो खेलमा एभर्टनको घरेलु मैदानमा १-० ले हारको सामना गरेको स्टोकको यो पहिलो जित हो ।

आर्सनलका प्रशिक्षक आर्सेने वेंगर रेफ्रीको निर्णय प्रति असन्तुष्ट देखिए । पहिलो हाफमा हेक्टर बेलारीनलाई मामे बिराम डियोफले लडाउदा रेफ्रीले आर्सनलका खेलाडीहरुको अपिल बेवास्था गरेका थिए ।

त्यस्तै लाकाजेतेले खेल बराबरीमा ल्याएपनि रेफ्रीले अफसाइड करार गरे । आर्सनलले खेलको अन्तिम २५ मिनेटमा गोलको खोजीमा ६७ प्रतिशत पोजेसन राख्दै स्टोकमाथी दबाब सिर्जना गरेपनि गोल गर्न सकेन ।

हाइलाइट्स

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

Success

Thank you for your time.