8 years ago
August 20, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ माल्दिभ्सको धिवेही प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा ‘म्यान अफ द म्याच’ भएका छन् ।

फाइल तस्बिर
हाल टि.सी स्पोर्ट्ससँग आबद्ध किरणले थिनाधु स्पोर्ट्ससँगको १-० को जितमा महत्वपूर्ण भूमिका निर्वाह गरे । टि.सी स्पोर्ट्सकालागि कर्नेलियस स्टेवार्टले ३१ मिनेटमा गरेको गोल निर्णायक साबित भयो ।
किरण सम्मिलित टि.सी स्पोर्ट्स ३ खेलमा २ जितसँगै ६ अंकको साथमा दोस्रो स्थानमा छ । पहिलो स्थानको मजियाले तिन खेलमा तिन जित दर्ता गरको छ ।थिनाधुको यो दोस्रो हार हो।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]