default_image

8 years ago

August 21, 2017

साफ यू-१५ : नेपालको पहिलो खेल आज, जिते सेमिफाइनल पक्का

136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– घरेलु मैदानमा जारी साफ यू १५ च्याम्पियनसिपमा आयोजक नेपालले आज पहिलो खेलमा प्रतिस्पर्धा गर्दै छ । प्रतियोगिताको चौथो दिनमा नेपालले एन्फा स्थित टेक्निकल मैदानमा माल्दिभ्सको सामना गर्नेछ ।

माल्दिभ्स पहिलो खेलमा भरातसँग ९–० ले पराजित भइसकेकोले आजको खेलमा नेपाल विजयी भए अन्तिम खेलअघि नै युवा टोली सेमिफाइनल पुग्नेछ । दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा नेपाल, भारत र माल्दिभ्स समूह ‘बी’ मा छन् । साविक विजेता बंगलादेश र भुटान समूह ‘ए’ बाट अन्तिम चारमा पुगिसकेका छन् भने श्रीलंका प्रतियोगिताबाट बाहिरी सकेको छ ।

घरेलु समर्थकका बीच नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ । सातदोबाटो स्थित एस्ट्रो टर्फमा नियमित प्रशिक्षण गर्दै आएको नेपाली युवा टोलीमा सोही मैदानमा उपाधि जित्ने अवसर पनि छ । पछिल्लो तीन संस्करण यू १६ उमेर समूहमा हुँदा सबैमा नेपाल कम्तिमा सेमिफाइनल पुगेको छ । हेमन्त थापा मगरको कप्तानीमा रहेको टोली सन् २०१३ मा दशरथ रंगशालामा फाइनल सम्म पुगेको थियो । जहाँ नेपाली टोलीले उपविजेतामा चित्त बुझाउनु परेको थियो ।

पहिलो खेलमा भारतसँग ९–० ले पराजित भएपछि माल्दिभ्सका प्रशिक्षक मोहमद साजलीले नेपालसँगको खेल कठिन हुने स्वीकारेका थिए । समुन्द्र सतहमा खेल्ने अनुभव रहेको माल्दिभ्सका युवामा फिटनेसको समस्या देखिएको छ । भारतसँगको खेलमा माल्दिभ्सका कप्तान लगायत ४ खेलाडी घाइते भएका थिए ।

प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई जीवित राख्न माल्दिभ्सले कम्तीमा बराबरी खेल्नु पर्ने हुन्छ । माल्दिभ्स पराजित भएमा भारत र नेपाल एकअर्कोको सामना गर्नुअघि नै अन्तिम चारमा पुग्नेछन् । त्यस्तो अवस्थामा नेपाल र भारतबीचको खेल समूह विजेताको टुंगो लगाउनका लागि मात्र हुनेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.