default_image

7 years ago

August 21, 2017

जापानबाट फर्केको फुटबल टोलीले बिहिबारबाट प्रशिक्षण पुन: सुरु गर्ने

काठमाडौं (हाम्रोखेलकुद)- काठमाडौं (हाम्रो खेलकुद)– जापान भ्रमणमाबाट हिजो राती स्वदेश फर्केको नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबारबाट पुनः प्रशिक्षण सुरु गर्ने भएको छ । हिजो बिहान जापानबाट उडेको नेपाली टोली हङकङ हुँदै हिजो राती काठमाडौं आइपुगेको हो । एएफसी एसियन कप छनोट चरण अन्तर्गत भदौ २० गते ताजिकिस्तानसँगको खेलको तयारीका लागि नेपाली टोली जापान पुगेको थियो […]

16 views

0 Bookmark

काठमाडौं (हाम्रोखेलकुद)- काठमाडौं (हाम्रो खेलकुद)– जापान भ्रमणमाबाट हिजो राती स्वदेश फर्केको नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबारबाट पुनः प्रशिक्षण सुरु गर्ने भएको छ । हिजो बिहान जापानबाट उडेको नेपाली टोली हङकङ हुँदै हिजो राती काठमाडौं आइपुगेको हो । एएफसी एसियन कप छनोट चरण अन्तर्गत भदौ २० गते ताजिकिस्तानसँगको खेलको तयारीका लागि नेपाली टोली जापान पुगेको थियो ।

एएफसी एसियन कप छनोटमा ताजकिस्तानविरुद्ध हुने खेलको अन्तिम तयारीका लागि जापान पुगेको नेपाली टोलीले पाँच मैत्रीपूर्ण खेल मध्य १ मा जित, १ मा बराबरी गरेको थियो भने ३ खेलमा पराजित भयो।

भदौ २० गते एसियन कप छनोटको तेस्रो खेलमा नेपालले अंक तालिकाको पुछारमा रहेको ताजकिस्तानसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । अघिल्लो बर्षको चैतमा फिलिपीन्ससँग ४–१ को हार बेहोरेको नेपालले जेठको अन्त्यमा घरेलु मैदानमा यमनसँग गोलरहित बराबरी खेलेको थियो ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.