8 years ago
August 21, 2017
काठमाठौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) र इभेन्ट म्यानेजमेन्ट कम्पनी टर्नपाइक इभेन्ट प्रालिबीच नेपालमा फुटसल खेल बिकासको लागि पाँच वर्षे सम्झौता भएको छ । सम्झौता अनुसार टर्नपाइकले यो सम्झौता अनुसार टर्नपाइकले एन्फालाई ५ वर्षमा १ करोड ५० लाख नगद उपलब्ध गराउनेछ ।
यस्तै सम्झौता अनुसार एन्फाले नेपालमा आयोजना गर्ने हरेक फुटसल प्रतियोगितामा लाग्ने सम्पूर्ण खर्चको दुई तिहाई रकम बेहोर्नेछ । सम्झौता पत्रमा एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ र टर्नपाइक इभेन्ट प्रालिका कार्यकारी निर्देशक उकेश लोहनीले हस्ताक्षर गरे । सम्झौता अनुसार सन् २०१७ मा फुटसल प्रतियोगिता आयोजना गर्नका लागि आवश्यक ३० लाख रुपैयाँ मध्ये २० लाख टर्नपाइकले बेहोर्ने छ भने एन्फाले १० लाख बेहोर्ने छ । त्यस्तै, २०१८ मा फुटसल प्रतियोगिता आयोजना गर्नका लागि लाग्ने ४५ लाख मध्ये टर्न पाइकले ३० लाख र एन्फाले १५ लाख रुपैयाँ बेहोर्ने छ ।
सन् २०२१ मा हुने फुटसल प्रतियोगितामा लाग्ने कुल ६० लाखमध्ये ४० लाख टर्नपाइकले र २० लाख एन्फाले ब्यहोर्ने सम्झौता पत्रमा उल्लेख छ । नेपालमा पहिलो पटक आधिकारिक रुपमा एन्फा फुटसल राष्ट्रिय लिग यही २५ अगष्टदेखि १० सेप्टेम्बरसम्म हुँदैछ । यो फुटसल प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्नका लागि र फुटसलको विकास गर्नका लागि पनि टर्न पाइकसँग सम्झौता गरिएको एन्फा फुटसल समितिका अध्यक्ष रमेश रायमाझीले जानकारी गराए ।
‘पछिल्लो समय नेपालमा फुटसलको लोकप्रियता बढेको छ । नेपालमै फुटसल लिगको आरम्भ पनि हुदै गरेको अवस्थामा टर्न पाइक हामीसँग जोडिएको छ ।’ फुटसल समितिका अध्यक्ष रायमाझीले भने, ‘राष्ट्रिय लिगको तयारी तीब्र गतिमा भैरहेको छ । हामीले एन्फासँग आबद्ध ४५ जिल्लाका फुटसल सेन्टर, ए, बी र सी डिभिजन क्लबहरुलाई सहभागिताको लागि अनुरोध गरेका छौं । अहिलेसम्म १२ टिमको सहभागिता पक्का भएको छ ।’
यसै लिगबाट इरानमा हुने आसन्न एएफसी फुटसल च्याम्पियनसिपको लागि खेलाडी छनोट गरिने बताए । एन्फाले गत फेब्रुअरीमा नेपालमा पहिलोपटक एएफसी फुटसल कोचिङ कोर्षको लेभल वान सञ्चालन गरेर १९ जना प्रशिक्षक उत्पादन गरिसकेको बताउदै अगष्ट २२ बाट २४ तारिखसम्म फुटसल रेफ्री सेमिनार कोर्ष सञ्चालन गरिने बताए ।
यस्तै अध्यक्ष रायमाझीले अन्तर्राष्ट्रिय स्तरको फुटसल खेलको लागि म्याट भएको फुटसल मैदान नभएको कारण यसपटकको राष्ट्रिय लिगको लागि बाँसबारीको चौर रिक्रिएसन सेन्टर र बौद्धको स्तुपा स्पोर्टस हवलाई खेल मैदानको रुपमा प्रयोग गरिने बताए । एन्फाले निकट भविष्यमा नै अन्तर्राष्ट्रिय स्तरको म्याट भएको फुटसल कोर्ट बनाउने योजना रहेको सुनाए ।
यता एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले आधिकारिक रुपमा फुटसललाई एन्फाले कार्यक्रममा समावेश गरेको बताए । ‘ढिलै भएपनि फुटबल र फुटसलमा क्रमश सुधार हुदै गइरहेको छ ।’ फुटबलसँगै फुटसलले पनि राष्ट्रलाई चिनाउन सक्नेमा एन्फा विश्वस्त छ ।’ अध्यक्ष श्रेष्ठले भने, ‘हामी खेलाडीलाई प्रशिक्षण दिएर अघि बढ्दैछौं । यो पाँच वर्षको अवधिमा फुटसलले ठुलै फड्को मार्नेछ ।
टर्नपाइकका कार्यकारी निर्देशक उकेश लोहनीले नेपालमा फुटसलको विकास गर्नका लागि ५ वर्षे सम्झौता गरेको बताए । ‘हामीले फुटसलमा क्रेज देखेका छौं । त्यसैले एन्फासँग सहकार्य गरेर फुटबल बिकासको लागि फुटसलमा पहिलोपटक हात हालेका छौं । कार्यकारी निर्दशक लोहनीले भने । नेपालले अक्टोबर १३ देखि २२ तारिखसम्म इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा सहभागिता जनाएको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]