default_image

7 years ago

August 24, 2017

नेपाल र बंगलादेशको सेमिफाइनल एन्फामा, अर्को हलचोकमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र बंगलादेशबीच साफ यू १५ फुटबल च्याम्प्यिनसिपको सेमिफाइनल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको क्रृतिम मैदानमा हुनेछ । सेमिफाइनल शुक्रबार दिउँसो ३ः०० बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । अर्को सेमिफाइनल भारत र भुटानबीच सोही समयमा हुनेछ ।  त्यो खेल हलचोकस्थित शसस्त्र प्रहरी बलको मुख्यालयको मैदानमा हुनेछ ।समूह ‘बी’ […]

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र बंगलादेशबीच साफ यू १५ फुटबल च्याम्प्यिनसिपको सेमिफाइनल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको क्रृतिम मैदानमा हुनेछ । सेमिफाइनल शुक्रबार दिउँसो ३ः०० बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

अर्को सेमिफाइनल भारत र भुटानबीच सोही समयमा हुनेछ ।  त्यो खेल हलचोकस्थित शसस्त्र प्रहरी बलको मुख्यालयको मैदानमा हुनेछ ।समूह ‘बी’ को अन्तिम खेलमा बुधबार नेपाल भारतसँग २–१ ले पराजित भएपछि सेमिफाइनल समिकरण पुरा भएको थियो ।

नेपाल समूहको उपविजेता र भारत विजेता बनेको थियो । त्यसअघि नेपालले ६–० र भारतले ९–० ले हराएको माल्दिभ्स प्रतियोगिताबाट बाहिरिसकेको थियो ।

नेपाल र भारत भने पहिलो जितबाट प्रतियोगिताको अन्तिम चारमा पुगेका थिए । बुधबारको नतिजापछि नेपालले समूह ‘ए’ को विजेता बंगलादेशलाई सेमिफाइनलको प्रतिद्वन्द्वि पाएको हो । समूह विजेता बनेको भारतले अर्को समूहको उपविजेता भुटानसँग खेल्ने तय भएको हो ।

उमेर समूहमा भारतलाई हराउन नेपाल फेरि एकपटक असफल भएको छ । यसअघि यू १६ का नाममा तीन संस्करण हुँदा सबैमा नेपाल भारतसँग नै पराजित भएको थियो । सन् २०११ मा नेपालमा आयोजित साफ यू १६ को पहिलो संस्करणमा नेपाल हेमन गुरुङको कप्तानीमा रहेको थियो ।

दशरथ रंगशालामा भएको च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । निर्धारित र थप समयमा १–१ को बराबरीमा भएपछि पेनाल्टीमा नेपाली टोली ४–२ ले पराजित भएको थियो ।

दोस्रो संस्करणमा हेमन्त थापा मगरको कप्तानीको टोलीलाई भारतले फाइनलमा १–० ले हराएको थियो । बंगलादेशमा भएको अघिल्लो संस्करणमा पनि नेपाल भारतबाट सेमिफाइनलमा रोकिएको थियो । जहाँ नेपाल १–० पराजित भएको थियो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.