8 years ago
August 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– भारतीय युवा टोलीका प्रशिक्षक बिबिआनो फर्नान्डेजले साफ यू १५ फुटबल च्याम्पियनसिपको फाइनलमा नेपालसँगै खेल्ने आशा गरेका छन् ।

समूह ‘बी’ को अन्तिम खेलमा घरेलु टोली नेपाललाई २–१ हराएपछि प्रशिक्षक फर्नान्डेजले पोस्ट म्याच कन्फ्रेन्समा भने, ‘घरेलु टोलीले भएकाले नेपालले राम्रो खेल्ने आशा गरेको छु । हामी पुनः नेपालसँग फाइनल खेल्न चाहन्छौं ।’
बुधबारको नतिजापछि पहिले नै सेमिफाइनल पुगिसकेका दुई टोलीमध्ये भारत समूह विजेता र नेपाल उपविजेता बनेका छन् । शुक्रबार एकै समयमा हुने सेमिफाइनलमा नेपालले बंगलादेश र भारतले भुटानको सामना गर्नेछ ।
भारतलाई प्रतियोगितामा बढी उमेरको खेलाडी सहभागी गराएको भन्ने आरोपको खण्डन गर्दै प्रशिक्षकले भारत ग्रासरुट तहमा गम्भीर रहेको बताए । ‘ भारतले उमेर समूहका खेलाडीको विकासमा प्रयास गर्दै आएको छ । हामीसँग हरेक राज्यमा सक्रिय स्काउटहरु छन् । भारतले युवा फुटबलमा गम्भीरतापूर्वक ध्यान दिएरहेको छ,’ उनले भने, ‘ भारतलाई प्रश्न गर्नुअघि आफ्नु टोलीको तयारी कस्तो भएको थियो भनेर समिक्षा गर्न जरुरी छ ।’
माल्दिभ्स र बंगलादेशका प्रशिक्षकले भारतले बढी उमेरका खेलाडी खेलाएको हुन सक्ने आशंका गरेका थिए । अर्को प्रसंगमा घरेलु समर्थकले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले भने ‘घरेलु समर्थकले खेलाडीलाई अघि बढ्न धेरै मद्दत गर्दछन् । आजको जस्तो मैदानमा नजिकबाट खेल नियाल्दै दर्शकले खेलाडीको हौसला बढाइरहेका थिए ।’
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]