8 years ago
August 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डो विश्वका फुटबल प्रेमीले सर्वाधिक पछ्याउने खेलाडी मध्ये एक हुन् । उनको प्रभाव युवा पुस्तामा नहुने कुरै भएन । प्रभाव झन् झन् बढ्दो छ । रोनाल्डोले लगाउने लुगा , हेयर स्टाइल, उनको हाउभाव पछ्याउने पनि त्यत्तिकै छन् । उनको गोलको सेलिब्रेसन गर्ने शैली पनि अन्य खेलाडीको भन्दा भिन्न छ । सेलिबे्रसनको उनको शैली ‘ट्रेडमार्क’ छ ।

भुटान विरुद्ध गोल गरेपछि दगुर्दै उफ्रेर हावामा घुम्दै रोनाल्डोको नक्कल गर्दै बंगलादेशका मोला
गोल गरेपछि प्राय दौडदै हावामा उफ्रेर घुम्दै रोनाल्डो गोलको सुखी माउने गर्दछन् । रोनाल्डोको त्यो शैली अन्य स्टारले पनि नक्कल गरेको पाइन्छ । वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले सन् २०१५ मा किंग्स ११ पन्जाबका लागि शतक प्रहार गर्दा रोनाल्डो शैलीमा नै सेलिब्रेट गरेका थिए ।
२०१६ मा उज्बेकिस्तानका बक्सर साक्रम गियोस्हबले रियो ओलम्पिक्समा क्युबाका खेलाडीलाई हराएपछि रोनाल्डोको नक्कल गर्दा उनी चर्चामा आएका थिए । राजधानीमा जारी साफ यू १५ फुटबल च्याम्पियनसिपमा समूह चरणको खेलमा पनि रोनाल्डोको ट्रेडमार्क सेलिब्रेसनको पछ्याएको देखियो ।
भुटानका दोर्जी खान्दोले श्रीलंकाविरुद्ध गोल गर्दा पोर्चुगेली स्ट्राइकरको शैलीमा सेलिब्रेट गरे । अर्को खेलमा भुटान विरुद्ध गोल गरेपछि बंगलादेशका मोहम्मद मिराज मोलाले उनले पनि रोनाल्डोकै शैलीमा खुसी साटे । बंगलादेशले भुटानलाई ३–० ले हराउँदा दोस्रो र तेस्रो गोल गरेका मोलाले तेस्रो गोलपछि त्यो शैली अपनाएका हुन् ।

तलको भिडियोमा दोर्जी खान्दोको गोलमा भुटानले श्रीलंकाविरुद्ध अग्रता लिएपछि पोर्चुगेली स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको शैलीमा सेलिब्रेट गरेका थिए । भिडियो – एन्फा
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]