8 years ago
August 25, 2017
दिपेन्द्र पोखरेल
काठमाडौं – नेपाली युवा टोलीले साफ यू १५ फुटबल च्याम्प्यिनसिपको फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको क्रितिम मैदानमा जारी बंगलादेशविरुद्धको सेमिफाइनलको पहिलो हाफमा २–० को अग्रता लिदै अन्तिम दुईमा पुग्ने सम्भावना मजबुद बनाएको हो ।
खेलको पहिलो हाफमा नायक रहे आकाश बुढा मगर । दुवै गोल उनले गरे । छैटौं मिनेटमा पहिलो गोल गरेका आकाशले दोस्रो गोल ३० औं मिनेटमा गरेका थिए । पहिलो गोलको दाजोमा दोस्रो गोल सहज थियो । रन्दिप पौडेलको क्रसमा बंगलादेशका सादेकु जमान फहिमले क्लिर गर्न नसक्दा आकाशले सिक्स यार्ड बक्स बाहिरबाट पहिलो गोल गरे ।
३० औं मिनेटमा दर्शन गुरुङले मैदान बायाँबाट क्रस गरेको बल दिपक भन्डाराले हेड गरे । त्यसमा बंगलादेशका गोलकिपर इमोन हवल्दार र रक्षकबीच समन्वय अभावमा नजिक रहेका आकाशले ट्याप गर्दै गोलअन्तरलाई दोब्बर पारे ।
अग्रता जोगाउन सकेन नेपाल घरेलु मैदानमा फाइदा पुग्नेछ । दुई बर्षअघि नेपालले सोही मैदानमा विमल घर्तीमगरको कप्तानीमा साफ यू १९ फुटबल च्याम्प्यिनसिपको उपाधि जितेको थियो ।हलचोकमा जारी अर्को सेमिफाइनलमा भुटानविरुद्ध भारतले १–० को अग्रता लिएको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]