8 years ago
August 26, 2017
म्यानचेस्टर (एजेन्सी)– चोटबाट पूर्ण रुपमा मुक्त भइ नसकेपनि ज्लाटान इब्राहिमोभिचलाई म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले च्याम्पियन्स लिगको टोलीमा समावेश गर्ने भएका छन् । गत सिजन युनाइटेडमा उच्च प्रदर्शन गरेका इब्राहिमोभिचलाई अप्रिलमा घुँडामा चोट लागेको थियो । अहिले पनि उनी चोटमुक्त हुनका लागि मेहनत गरिरहेका छन् ।

बिहीबार मात्र इब्राहिमोभिच एक वर्षको लागि पुनः युनाइटेडसँग अनुबन्धित भएका थिए । इब्राहिमोभिचले जनवरी अघि नै युनाइटेडको जर्सी फेरी लाउने अपेक्षा गरेका छन् । यद्दपी माउरिन्होले भने त्यस्तो अपेक्षा राखेका छैनन् । त्यसका वावजुद ३५ वर्षे स्ट्राइकरलाई माउरिन्होले अर्को साता युरोपियन टोलीमा समेट्ने बताएका छन् ।
‘च्याम्पियन्स लिगको समूह चरणका लागि सायद उनी तयार हुने छैनन् । तर पनि उनी टोलीमा उनको नाम रहनेछ’ माउरिन्होले भने, ‘त्यसका लागि हामीले कुनै खेलाडीलाई हटाउनु पर्ने छैन । तर मलाई लाग्दैन उनी समूह चरण अघि ठिक हुनेछन् ।’
मारिन्होले इब्राहिमोभिचलाई सिजनको दोस्रो भागका लागि अतिरिक्त खेलाडीको रुपमा लिएको बताएका छन् । ‘मैले भनेको दोस्रो भाग समान्यता जनवरी पछि हो । पुनरागमनका लागि उनी एक एक खुड्किला पार गर्दै गइरहेका छन्’ क्लबको तारिफमा उनले थपे, ‘जो युनाइटेडको जर्सीमा क्लबका लागि लड्छ त्यसको खेलाडीका लागि क्लब जहिले पनि अगाडि रहन्छ ।’
इब्राहिमोभिचका लागि विदाई गरेर जाने काम सहज थियो । तर, उनले त्यो बाटो नरोजेकोमा माउरिन्होले उनको तारिफ गरेका छन् । ‘कप जिते । चोट लाग्यो । विदा भएर जानु उनका लागि सजिलो थियो’ उनले भने, ‘तर, उनले त्यो बाटो रोजेनन् । उनीले अर्को सपनालाई पछ्याउन चाहे र फेरि पनि उच्च स्तरमा खेल्न इच्छा राखे ।’
युनाइटेडले च्याम्पियन्स लिगको सेमिफाइनलमा बेनफिका, बासेल र सिएसकेए मस्कोको सामना गर्नेछ । माउरिन्होले समूह सहज नरहेको बताए । ‘हामी त्यस्तो समूहमा छौं । जहाँ जो कोही पनि हार्न वा जित्न सक्छ । सायद हामी अंक बाढ्न सक्छौं’ उनले अगाडि भने, ‘हामी त्यहाँ ४–० वा ५–० नजिता सँगै १३, १४, १६ अंक जोड्न गइरहेका छैनौं । मलाई लाग्छ यो खतरनाक समूह हो । यदि युनाइटेडको पछिल्लो नतिजालाई हेर्ने हो भने बासेलसँग हारेको छ भने दुईपटक सम्म बेनफिकालाई हराउन सकेको छैन ।’
च्याम्पियन्स लिगका अन्य टोलीका बारेमा उनले भने, ‘सिएसकेए मस्कोसँग मलाई लाग्छ गोलरहित वा त्यस्तै । बेनफिकाको आयामसँग पनि म परिचित छु । हामीले केही पटक सिएसकेएसँग खेलेका छौं । त्यस्तै बासेलसँग पनि । मलाई त्यो ठाँउ त्यहाँको वातावरण र उनीहरुको खेल्ने शैली थाहा छ । ’
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]