8 years ago
August 26, 2017
दिपेन्द्र पोखरेल
काठमाडौं – भारतीय युवा टोलीका प्रशिक्षक बिबिआनो फर्नान्डेजले आशा गरे जस्तै नेपाल र भारतबीच साफ यू १५ फुटबल च्याम्पियनसिपको उपाधि भिडन्त हुने भएको छ । नेपाल र भारतबीच आइतबार एकअर्काको सामना गर्दैछन् ।
चार दिनअघि समूह ‘बी’ को अन्तिम खेलमा घरेलु टोलीलाई २–१ हराएपछि प्रशिक्षक फर्नान्डेजले पोस्ट म्याच कन्फ्रेन्समा भने, ‘घरेलु टोलीले भएकाले नेपालले राम्रो खेल्ने आशा गरेको छु । हामी पुनः नेपालसँग फाइनल खेल्न चाहन्छौं ।’ फर्नान्डेजले भने जस्तै फाइनल हुने भएको छ । हिजो नेपालले माल्दिभ्सलाई ४–२ र भारतले भुटानलाई ३–० ले हराउँदै फाइनल भेट पक्का गरेका थिए ।
भारतले प्रतियोगिताको बलियो दाबेदार हो । सेमिफाइनल सम्म पुग्दा भारतले आफुलाई थप प्रमाणित गरिसकेको छ । भारत मात्र यो च्याम्पियनसिपको एकमात्र अपराजित टोली हो । समूह चरणमा एकै समूहमा रहँदा भारतले नेपाललाई हराइसकेको छ । यद्दपी च्याम्पियनसिपमा भारतलाई गोल गर्ने नेपाल एक्लो टोली हो ।
भारतसँग हार्नुबाहेक नेपालले पनि च्याम्पियनसिपमा दमदार प्रदर्शन गर्दै आएको छ । यद्दपी टोलीमा केही समस्या भने छन् । यसअघि यू १६ का नाममा तीन पटक आयोजना भएको च्याम्पियनसिपमा नेपालले हराउन नसकेको भारतीय टोलीमा मात्रै हो । यसपटक पनि त्यसैले निरन्तरता पाएको छ । भारतलाई पहिलो पटक हराउने मौका फेरि एक पटक नेपाली युवा टोलीले पाएको छ ।
सन् २०११ मा नेपालमा आयोजित साफ यू १६ को पहिलो संस्करणमा नेपाल हेमन गुरुङको कप्तानीमा रहेको थियो । दशरथ रंगशालामा भएको च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । निर्धारित र थप समयमा १–१ को बराबरीमा भएपछि पेनाल्टीमा नेपाली टोली ४–२ ले पराजित भएको थियो ।
दोस्रो संस्करणमा हेमन्त थापा मगरको कप्तानीको टोलीलाई भारतले फाइनलमा १–० ले हराएको थियो । बंगलादेशमा भएको अघिल्लो संस्करणमा पनि नेपाल भारतबाट रोकिएको थियो । जहाँ नेपाल १–० पराजित भएको थियो ।
तर, फुटबलमा अझै दक्षिण एसियाली स्तरमा कुनै टोलीलाई हराउन असम्भव छैन । नेपालले आफुलाई उमेर समूहमा पनि प्रमाणित गरिसकेको छ । दुई बर्षअघि विमल घर्तीमगरको कप्तानीमा नेपालले साफ यू १९ च्याम्पियनसिपको उपाधि जितेको थियो ।
भारतलाई नै हराएर नेपालले च्याम्पियनसिप जितेको थियो । बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको टोलीले फाइनलमा १–१ को बराबरीपछि टाइब्रेकरमा ५–४ ले हराएको थियो । यसपटक सुनिल श्रेष्ठको प्रशिक्षणमा रहेको नेपाली टोलीले फेरि एकपटक भारतलाई हराएर च्याम्पियन बन्ने अवसर छ ।
साफ यू १५ च्याम्पियनसिपमा नेपाल र भारतको यसपटकको प्रदर्शन
नेपाल भारत
समूह चरण
-विरुद्ध माल्दिभ्स ६–० विरुद्ध माल्दिभ्स ९–०
-विरुद्ध भारत १–२ विरुद्ध नेपाल २–१
सेमिफाइनल
-विरुद्ध बंगलादेश ४–२ विरुद्ध भुटान ३–०
फाइनल
नेपालविरुद्ध भारत ??????
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]