8 years ago
August 27, 2017
दिपेन्द्र पोखरेल
काठमाडौं – उमेर समूहको उपाधि नेपाली फुटबलका लागि ‘लक’ साबित भएको छ । भारतलाई फाइनलमा हराएर उपाधि जित्नुको मज्जै बेग्लै हुने गर्दछ । कारण भारत दक्षिण एसियाको सबैभन्दा बलियो र सफल टोली हो ।

साफ यू १५ फुटबल च्याम्पियनसिप फाइनलको अघिल्लो दिन शनिबार ट्रफीका साथ नेपाली टोलीका कप्तान रोशन थापामगर (दायाँ) र भारतीय टोलीका कप्तान प्रताप सिंह ।
क्षत्रिय स्तरमा भारत उमेर समूह र राष्ट्रिय टोली दुवैमा उत्कृष्ट छ । फिफा वरियतामा भारत साफको शीर्ष टोली रहँदै आएको छ । साफका सबै प्रतियोगिताको भारत मुख्य दाबेदार हो । साफका सिनियर र जुनियर च्याम्पियनसिपमा भारत नियमित फाइनल खेल्ने टोली हो । त्यहि भारतलाई नै हराउँदै नेपालले दुई दशकपछि उपाधि जित्ने श्रृखंलाको सुरुआत गरेको थियो ।
दुई बर्षअघि एन्फा कम्प्लेक्सको कृतिम मैदानमै भएको पहिलो साफ यू १९ को उपाधि जित्नु नेपालका लागि ‘लक’ साबित भयो । २०७२ को भदौमा विमल घर्तीमगरको यू १९ जितेको नेपालले पछिल्लो दुई बर्षमा ४ वटा उपाधि जित्यो । त्यसमध्ये नेपालले पहिलो पटक एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता जित्यो । यद्दपी त्यो उपाधिका विषयमा सरोकारवालाहरुको आ आफ्नो विश्लेषण रहने गरेको छ ।
सन् १९९३ मा नेपालले दक्षिण एसियाली खेलकुद (साग) तत्कालिन साफ मा स्वर्ण पदक जिते यता २२ बर्ष उपाधि विहिन भएर तड्पिनु परेको थियो । त्यति बेला नेपालले भारतलाई नै हराएर साफमा दोस्रो पटक स्वर्ण पदक जितेको थियो । २–२ को बराबरीपछि टाइब्रेकरमा नेपाली विजयी भएको थियो ।
त्यो स्वर्ण जित्दाको टोलीका सदस्य बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको यू १९ दुई वर्षअघि उपाधि जित्दै नेपालले दक्षिण एसियाली राष्ट्रमा उत्कृष्ट रहेको प्रमाणित गर्यो । २०७२ को माघमा महर्जनकै प्रशिक्षणमा राष्ट्रिय टोलीले बंगलादेशमा बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्यो । यद्दपी त्यो आमन्त्रण प्रतियोगिता थियो ।
नेपाली टोलीको सफलताको सिलसिला त्यहि रोकिएन । फागुनमा नेपालले भारतमा १२ औं सागको यू २३ मा स्वर्ण पदक जित्यो । त्यसमा पनि भारतलाई नै हराएर नेपालले उपाधि जितेको थियो । गत बर्ष सिनियर टोलीले मलेसियामा एएफसी सोलिडारिटी कप जित्नै नेपालले कम्तीमा डेढ बर्षमा प्राप्त गर्न सक्ने सबै सफलता प्राप्त गर्यो ।

साफ यू १५ फुटबल च्याम्पियनसिपमा सहभागी नेपाली र भारतीय टोली (दायाँ) । तस्बिर- बिबेक सुबेदी/हाम्रो खेलकुद
यो बर्ष सिनियर टोलीको साफ च्याम्पियनसिप हुँदैछ । नेपालले अहिले सम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन । सिनियर टोलीले खेल्नुअघि फेरि एक पटक नेपालले उमेर समूहको च्याम्पियन बन्ने मौका पाएको छ । फेरि पनि फाइनलको प्रतिद्वन्द्वि भारत नै छ ।
आज दिउँसो एन्फा कम्प्लेक्सको कृतिम मैदानमा भारतलाई हराउँदै नेपाली युवा टोलीले उपाधि जित्न सके, दुई बर्षअघिको सिलसिला फेरि जोडिने आशा गर्न सकिन्छ । त्यसले सिनियर टोलीका लागि फेरि पनि ‘लक’ साबित हुन सक्छ । यसअघि नेपाल साफ यू १६ को फाइनलमा पराजित भएको छ । यसपटक सबै हारको बदला लिने मौका पनि नेपाली युवा टोलीसँग छ ।
यसपटक यसै समूहमा रहेको नेपाल भारतसँग २–१ ले पराजित भएको थियो । प्रशिक्षक सुनिलकुमार श्रेष्ठको भनाई मान्ने हो भकेका छन्,‘समूह चरणको हारलाई हामीले कमजोरी सुधार्ने मौकाका रुपमा लिएका छौं । यसपटक फाइनलमा भने नतिजा आफ्नै पक्षमा पार्नेछौं ।’ श्रेष्ठले भने जस्तै युवा टोली सफल हुन सके फेरि एकपटक नेपालले जितको सिलसिला सुरु गर्न सक्छ । सफलताका लागि युवा टोलीलाई शुभकामना ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]