default_image

7 years ago

August 27, 2017

साफ यू १५ च्याम्पियनसिपः पहिलो हाफमा नेपाललाई १–० को अग्रता

काठमाडौं(हाम्रो खेलकुद) – साफ यू १५ च्याम्पियनसिपको फाइनल खेलमा पहिलो हाफ सकिदा नेपालले १–० को अग्रता लिएको छ । खेलको ४१ औं मिनेटमा ब्रिजेश चौधरीले पेनाल्टीमार्फत गोल गरेपछि नेपालले पहिलो हाफमा १–० को अग्रता लिएको हो । भारतीय खेलाडी मोरङथेम थाइवा सिंहले रञ्जन पुनलाई पेनाल्टी एरियामा लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो , जसलाई ब्रिजेश […]

20 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – साफ यू १५ च्याम्पियनसिपको फाइनल खेलमा पहिलो हाफ सकिदा नेपालले १–० को अग्रता लिएको छ ।

Nepal

तस्बिर : बिबेक सुबेदी

खेलको ४१ औं मिनेटमा ब्रिजेश चौधरीले पेनाल्टीमार्फत गोल गरेपछि नेपालले पहिलो हाफमा १–० को अग्रता लिएको हो । भारतीय खेलाडी मोरङथेम थाइवा सिंहले रञ्जन पुनलाई पेनाल्टी एरियामा लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो , जसलाई ब्रिजेश चौधरीले गोल गरे ।

प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले खेलको दोस्रो मिनेटमा नै गोलको अवसर बनाएको थियो । दर्शन गुरुङको फ्रिकिक प्रहारमा रन्दिप पौडेलको प्रहार गोलपोष्ट नजिकैबाट बाहिरिएको थियो । सातौ मिनेटमा दर्शनको करिव ३५ यार्ड टाढाको प्रहार बाहिरिएको थियो । २४ औं मिनेटमा दर्शनले अर्काे सुन्दर मौका खेर फालेका थिए ।

यता, नेपालका डिफेन्स सन्जिव अर्यालले भारतीय खेलाडीको प्रहार गोल लाइनबाट बचाएपछि भारतले पहिलो हाफको इन्जुरी समयमा बराबरी गर्न बाट चुकेको थियो । २१ औं मिनेटमा सन्जिवले नै बल क्लियर गरिदिएपछि भारतले खेलमा अग्रता लिने मौका गुमाएको थियो । नवौ र १४ औं मिनेटमा भारतले गोल गर्न मौका खेर फालेको थियो ।
दोस्रो हाफ केही बेरमा शुरु हुदैछ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.