default_image

8 years ago

August 27, 2017

रियलले भ्यालेन्सियालाई निम्त्याउदै

94 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– ला लिगाको साविक विजेता रियल म्याड्रिडले घरेलु मैदानमा सिजनको पहिलो खेल आज खेल्दै छ । सिजनको दोश्रो खेलमा सान्टियगो बेर्नाबाउमा रियलले भ्यालेन्सियालाई निम्त्याउदै छ ।

Madrid

पहिलो खेलमा डिपोर्टिभो ला कोरुनालाई उसकै मैदानमा ३–० ले हराउँदै रियलले उपाधि रक्षाको दमदार सुरुआत गरेको थियो । रियलले ला लिगाको दोस्रो खेलमा पनि स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो विना मैदानमा उत्रने छ ।

स्पेनिस सुपर कप अन्तर्गतको पहिलो लेगमा रातो कार्डको सामना गरेका रोनाल्डोले रेफ्रीलाई धकेलेपछि ५ खेलको प्रतिबन्धित छन् । उनले प्रतिबन्धमा बिताउने यो तेस्रो खेल हो । अघिल्लो खेलमा रातो कार्डको सामना गरेका सर्जियो रामोसले पनि आजको खेल गुमाउने छन् ।

त्यस्तै भ्रमणकारी टोलीका एजेकुएल ग्यारे र ड्यानी पारेजो चोटका कारण नखेल्ने सम्भावना छ । चोटमुक्त भएर फर्केका पोर्चेगुली खेलाडी नानीले रियलविरुद्ध खेल्दैछन् ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.